यी हुन् भोट हाल्न नपाउने बलिउड कलाकार

यी हुन् भोट हाल्न नपाउने बलिउड कलाकार

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख ३, २०७६

काठमाडौं । भारतमा चलिरहेको लोकसभा निर्वाचन २०१९ को चुनावमा केही अभिनेता–अभिनेत्रीले भोट हाल्न नपाउने भएका छन् । यिनलाई भारतमा भोट हाल्ने अधिकार छैन । 

आलिया भट्ट

आलिया भट्टकी आमा सोनी राजदान ब्रिटिस नागरिक हुन् । आलियासँग पनि ब्रिटिस नागरिकता छ ।

दीपिका पादुकोण

डेनमार्कमा जन्मिएकी दीपिका पादुकोणसँग पनि भारतीय नागरिकता छैन । उनीसँग भारतमा भोट हाल्ने अधिकार छैन । 

अक्षय कुमार

देशभक्ति माथि अनेकौं फिल्ममा अभिनय गर्ने सुपरस्टार अक्षय कुमार भारतमा जन्मेको भए पनि उनीसँग क्यानाडाको नागरिकता छ । उनले भोट हाल्न पाउँदैनन् । 

सनी लियोन

आमाबुबा भारतीय भए पनि करनजीत कौर अर्थात् सनी लियोन क्यानाडाकी नागरिक हुन् । यिनलाई पनि भारतीय निर्वाचनमा भोट हाल्न पाइँदैन । 

ज्याक्लिन फर्नाडिस

बलिउडकी टप अभिनेत्रीमा गनिने ज्याक्लिन पनि भारतीय नागरिक होइनन् । श्रीलंकन बुबा र मलेसियन आमाको छोरी ज्याक्लिनको जन्म बहराइनमा भएको थियो । 

इमरान खान

आमिर खानका भान्जा इमरान खान अमेरिकन नागरिक हुन् । यिनले भारतमा भोट हाल्न पाउँदैनन् । 

कैटरिना कैफ

कैटरिना कैफ ब्रिटिस नागरिक हुन् । यिनले पनि भारतीय निर्वाचनमा भोट हाल्न पाउँदैनन् ।