विश्वको सबैभन्दा ठूलो विमानको सफल उडान

विश्वको सबैभन्दा ठूलो विमानको सफल उडान

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  बैशाख ३, २०७६

विश्वको सबैभन्दा ठूलो विमान निर्माण गरी सफल उडान गर्ने माइक्रोसफ्ट कम्पनीको सह–संस्थापक पाउल एलनको सपना साकार भएको छ । 

यसको शुरुवात सन् २०११मा भएको थियो । स्ट्रेटोलान्च सिस्टमका सिइओ जीन मलोयले यो सफलतामा खुशी व्यक्त गर्दै भने, हामीले त्यो गरेर देखाएका छौं जुन लामो समय देखिको पर्खाई हो । 
तर यो सफलता एलनले देख्न पाएनन् जसले यो प्रोजेक्टको शुरुवात गरेका थिए । १५अक्टोवर २०१८ मा ६५ वर्षको उमेरमा उनको निधन भएको थियो । 

यो विमानको टेष्ट पाइलट इवान थोमस हुन, जो लडाकु विमानका पूर्व क्याप्टेन समेत हुन् । 

विमानले १७३ मिटर प्रतिघण्टाको दरले १५ हजार फिट माथि आकाशमा उडान भरेको थियो । 
करिव साँढे दुई घण्टाको टेष्ट फ्लाइटमा क्रु मेम्बरले केही पनि समस्या भोग्नु परेन् । यसको सफलताले सबै खुशी देखिएका छन् । 

यो विमान निर्माण गर्नुको मुख्य उद्देश्य भनेको स्याटेलाइटलाई विमानमार्फत ३५ हजार फिटमाथि आकाशमा लगेर अन्तरिक्षमा प्रक्षेपण गर्नु हो । जसका कारण इन्धन खर्चमा कमी आई अन्तरिक्षको धेरै टाढाको दूरी सम्म यान प्रक्षेपण गर्न सकियोस ।

पाउल एलनले यसलाई एअर लन्च नाम दिएका थिए । पछिल्लो वर्ष मात्र इंजिन परिक्षण गर्ने क्रममा विमान सार्वजनिक गरिएको थियो । 

यो विमान दुई भागमा बाँडिएको छ । यसमा दुईवटा ककपिट छन् भने यसको पंखा फुटबल ग्राउण्ड भन्दा पनि ठूलो छ । विमानको बीचभाग अन्तरिक्षमा रकेट प्रक्षेपणका लागि उपयोग गर्न सकिनेछ । 
३०० मिलियन डलर अनुमानित लागत मानिएको विमानमा ६ वटा प्राट एण्ड ह्वीटनी इंजिन छन् जसले यसलाई धेरै शक्तिशाली बनाएको छ । 

कार्वन फाइवरद्वारा निर्मित विमानमा २८ वटा पांग्रा छन भने पंखाको लम्बाई ३८५ फिट तथा उचाई ५० फिट रहेको छ । होवर्ड ह्युजेश एच–४ हक्र्युलस तथा कार्गो विमान एन्टोनोभ एन–२२५ भन्दा ठूलो छ । 
विमानको तौल २ लाख किलो हो भने यसले १.२ मिलियन पाउण्डको वजन बोकेर उडान भर्न सक्छ । यसको अधिकतम इंधन क्षमता १.३ मिलियन पाउण्ड रहेको छ ।