मोहनबहादुर मल्ल पुरस्कार पौडेललाई

मोहनबहादुर मल्ल पुरस्कार पौडेललाई

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २१, २०७७

पर्वत । साहित्यकार मोहनबहादुर मल्लको स्मृति दिवसका अवसरमा शोधकर्ता डा षडानन्द पौडेललाई पुरस्कृत गरिने भएको छ । मल्लको कृतिहरुमा शोध गरेका पौडेलको योगदानको मूल्याङ्कन गर्दै सो पुरस्कार दिन लागिएको हो । 

मोहनबहादुर मल्ल स्मृति प्रतिष्ठान समितिले स्थापना गरेको  २५ हजार राशिको मोहनबहादुर मल्ल पुरस्कार २०७७ पहिलोपटक प्रदान गर्न लागिएको समितिका अध्यक्ष काजी रोशनले बताउनुभयो । मल्लको ११०औँं जन्मजयन्तीको अवसरमा माघ २३ गते सो पुरस्कार समर्पण गरिने छ । पर्वतको मल्लाजमा जन्मनुभएका मल्ल नेपाली साहित्य, उपन्यासलगायतको लेखन विधाका उत्कृष्ठ व्यक्तित्वको रुपमा गनिनुहुन्छ ।

शोधकर्ता डा पौडेलले मल्लका उपन्यासमा यथार्थतावाद विषयमा पहिलो पटक विद्यावारिधि गर्नुभएको थियो । उहाँ त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्राध्यापक हुनुहुन्छ ।