एसियाका दस सुन्दरी

एसियाका दस सुन्दरी

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख ३, २०७६

काठमाडौं । सुन्दरी हुनु र देखिनु कसलाई पो मन पर्दैन होला । तर, कोही एक जना सुन्दरी हुनलाई अन्य धेरै जना (ओह गलत न बुझ्नुस्) औसत हुनुपर्छ । 

आजको युगमा सुन्दरी हुनु र देखिनु उद्योगकै रूपमा स्थापित छ । अब सुन्दरी हुन जन्मबाटै सुन्दरी हुनु अनिवार्य छैन । यो एउटा उद्योग हो, यसले जसलाई पनि सुन्दरी बनाई प्रस्तुत गर्न सक्छ । 

यो चर्चा यही छाडेर एसियाका दस सुन्दरीको चर्चा गरौं । 

 

ऐश्वर्य राय -Aishwarya Rai_

भरतीय अभिनेत्री ऐश्वर्य राय बच्चन सनु १९९४ मा विश्व सुन्दरीको उपाधी जितेर चर्चामा आइन् । पछि उनले बलिउडमा प्रवेश गरी थुप्रै फिल्ममा अभिनय गरिन् । 

क्लाउडिया लिनक्स -Claudia Lynx_

अभिनेत्री, गायिका, मोडेल, अनुवादका साथै साथै आफ्नो सामाजिक सक्रियाका लागि प्रसिद्ध क्लाउडियालाई पर्सियाको देवीका रूपमा पनि चिन्ने गरिन्छ । 

सिरिन एबडेलनोर -Cyrine Abdelnour_


यी लेवनानी अभिनेत्री, मोडेल र गायिका आफ्नो रूप सौन्दर्यले लेबनानको सबैभन्दा महँगो अभिनेत्रीमा गनिन्छिन् । 

फ्रेडा पन्टो -Freida Pinto_

यी भारतीय अभिनेत्री कुशल नृत्यांगना पनि हुन् । 

हाइफा वेहवे -Haifa Wehbe_

१६ वर्षकै उमेरमा मिस लेवनान भएकी हाइफा मिडिल इस्टमा जति पपुलर छिन्, त्यति नै अभिनय र गायनमा पनि पोख्त छिन् । 

प्रियंका चोपडा -Priyanka Chopra_

बलिवुडकी प्रख्यात अभिनेत्री प्रियंकाले आफ्नो अभिनय र रूपले हलिवुडसम्म काम गरेकी छन् । 

रवसाना कुरकोवा -Ravshana Kurkova_

पकिस्तानमा जन्मिएकी यी रसियन अभिनेत्रीको अचेल सबैभन्दा बढी डिमान्ड छ । 

सबा मुवारक -Saba Mubarak_

जेर्डनी टेलिभिजन र फिल्म इन्डस्ट्रीकी सुपर स्टार हुन सबा मुबारक । उनले वैस्ट अरेवियन एक्ट्रेसको पुरस्कार जीतिसकेकी छन् । 

सोफिया बाउटेला -Sofia Boutella_

यी अल्जेरियन नृत्यांगना तथा अभिनेत्रीले अनेकौं कन्सर्टमा पनि पर्फम गरेकी छन् । यिनले रिहाना ब्रिटो स्पेयर्स, जस्टिन टिम्बरलेकका साथ अनेकौंपटक स्टेजमा भाग लिएकी छन् । 

झोग जियी -Zhang Ziyi_

फिल्म ‘गिसा डायरिज’ र द हाउस अफ फ्लाइग डैगर्सबाटी यिनी चीनको अति सफल अभिनेत्री बन्न पुगिन् ।