तिलोत्तमामा रहेका ९ वटा सहकारी संस्थाहरुद्वारा एकीकरण गर्ने घोषणा

तिलोत्तमामा रहेका ९ वटा सहकारी संस्थाहरुद्वारा एकीकरण गर्ने घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २२, २०७७

रुपन्देही । रुपन्देही स्थित तिलोत्तमा नगर पालिकामा रहेका ९ वटा सहकारी संस्थाहरुले एक कार्यक्रम आयोजना गरि एकिकरण गर्ने घोषणा गरेका छन । २ वटा बहुउद्धेश्यीय सहकारी संस्था र ७ वटा बचत तथा ऋण सहकारी संस्था एकिकृत भै बचत तथा ऋण सहकारी संस्था बनाउने घोषणा गरिएको हो । 

२०७७ माघ २१ गते बुधबार  नयाँमिलमा आयोजना गरिएको एकिकरण संझौता हस्ताक्षर कार्यक्रममा सहभागि ९ वटा सहकारी संस्थाहरुको सञ्चालक समितिको संयुक्त बैठकले एकिकरण कार्य सम्पन्न गर्न भरत भूसालको संयोजकत्वमा  ११ सदस्यीय एकिकरण कार्यदल गठन गरि एकिकरण कार्य सम्पन्न गर्न  अख्तियारी प्रदान गरेकोछ ।  आदर्श बहुमुखी, आधारभूत बचत , जन्मभूमि बहुउद्धेश्यीय, नौकट्टी बचत, स्विकृती बचत, दयालु बचत, लोककल्याण बचत, धरती बचत र समावेशी कल्याण बचत तथा ऋण सहकारी संस्था लि. आपसमा एकिकरण गर्ने निर्णयमा पुगेका हुन । 

बुधबार सम्पन्न समारोहमा प्रमुख अतिथी प्रदेश सहकारी मन्त्रालयका सहकारी शाखा प्रमुख ज्ञानहरी पन्थीले प्रदेश भरिमै यो एकिकरण अनुकरणीय र महत्वपूर्ण हुने बताउनु भयो । एकिकरणले सबल र सुशासन युक्त सहकारी बनाउन सहयोग गर्ने भएकाले यो एकिकरण लाई मन्त्रालयले हदै सम्म सहयोग गर्ने वहाँले बताउनु भयो ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्रीकृष्ण नेपालले सहकारी एकिकरण आजको आवस्यकता हो भन्दै यो एकिकरणले अरु सहकारीलाई पनि उत्प्रेरित गर्ने बताउनु भयो । अर्का अतिथि रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराइले जिल्लामा सहकारीको उर्वर स्थल तिलोत्तमा नगरमा एकिकरणको नयाँ अभियानले एकताको सन्देश प्रवाह गरेको छ भन्नु भयो । कार्यक्रममा कार्यदलका संयोजक भरत भूसालले एकिकरणको अवधारणा, यसको आवश्यकता र औचित्यका बारेमा प्रकाश पार्दै एकिकरण पछि संस्थाको अवस्थाका बारेमा जानकारी गराउनु भयो । एकिकरण कार्यदलका सदस्य कृष्ण अर्यालले एकिकरणको संझौता र निर्णय सुनाउनु भयो । कार्यदलले सम्पूर्ण प्रकृया पुरा गरी १ महिना भित्रै एकिकरण कार्यको कानूनी प्रकृया शुरु गर्ने जनाइएको छ ।

एकिकरण कार्यदलमा संयोजक भरत भूसाल, सदस्यहरुमा देवानन्द पाण्डेय, कृष्णप्रसाद अर्याल, डा.मुरारी पराजुली, चक्र पाठक, बिष्णुप्रसाद भण्डारी, बिष्णुप्रसाद पाण्डेय, टिकाराम न्यौपाने, देवप्रसाद गुरुङ, बिष्णुबहादुर बराल, माधवप्रसाद पाण्डेय चयन हुनु भएको छ ।

एकिकरण कार्यक्रममा सहभागि संस्थाका अध्यक्षहरु आधारभूत बचतका बिष्णुबहादुर बराल क्षेत्री, आदर्श बहुमुखीका बोधराज पन्त, जन्मभूमि बहुउद्धेश्यीयका विष्णु भण्डारी, दयालुका मानकाजी श्रेष्ठ, धरती बचतका टिकाराम न्यौपाने, लोककल्याण बचतका डा. मुरारी पराजुली, नौकट्टी बचतका चक्र पाठक, स्विकृतीका शिव खनालले एकिकरणको महत्व र एकिकृत संस्थाको भावि कार्यभारका बारेमा बोल्नु भएको थियो ।

आयोजक संस्था समावेशी कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र सुवेदी को अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष चुरामणि पाण्डेयले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो , कार्यक्रम देवानन्द पाण्डेले सञ्चालन गर्नु भएको थियो ।