सुनाकोठीको बाटो फेरी बन्द !

सुनाकोठीको बाटो फेरी बन्द !

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २२, २०७७

ललितपुर । कान्तिराजपथ अन्तर्गत सुनाकोठी खण्ड अन्तर्गत (ढोलाहिटी-सुनाकाठी-दिपमाला सम्म) को बाटो ठेकेदारले समयमै पिच नगरेका कारण केही समय अगाडि स्थानीय आन्दोलित भइ बन्द गरेका थिए । स्थानीय बन्दकर्ता र ठेकेदार पक्षबीच सम्झौता भएपनि लामो समय पिच भएन । 

पिच गर्नु अगाडि हालिने बेसको अभाव भएको जनाउँदै आएको ठेकेदारले स्थानीयको बाटो अवरोधकाबीच केही समय अगाडिबाट पिच गर्न शुरु गरेको थियो । हालै चिबहालदेखि चौतारा खड्का टोल नपुग्दै  केही वरसम्म पटक पटक गरी पिच भएको छ । 

तर, हिजो राती पिच गर्नु अगाडि हालिने प्राइमर हाल्ने कुराकानी भएपनि करिब दुइसय मिटरमा प्राइमर नहाली बाँगेधारादेखि दिपमालास्कुलसम्म प्राइमर हालि बाटो पिच गर्ने तयारी भएपछि फेरि स्थानीय बासिन्दाले बाटो पिच नभएसम्मका बाटो बन्द गरेका छन् । 

सम्बन्धित ठेकेदार तथा जनप्रतिनिधिसँगको छलफल तथा बाटो पिचको काम शुरु नभएसम्म बाटो अवरुद्ध हुने तथा बन्द रहने पनि स्थानीयले जनाएका छन् ।