सिम टि.भी.मा 'अज्जबको फाईदा गज्जबको अफर' सञ्चालनमा

सिम टि.भी.मा 'अज्जबको फाईदा गज्जबको अफर' सञ्चालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २२, २०७७

ललितपुर।  डिशहोमको फाइबरनेटमा सिम टि‍‍.भी. मा 'अज्जबको फाईदा गज्जबको अफर'  सञ्चालनमा आएको छ। डिशहोमको फाइबर जडान गर्दा सिम टि.भी.को मासिक शुल्क नि:शुल्क हुनेछ। 

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना,६  महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउदै आएको जनाइएको छ। 

डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वाएर समेत  नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। भैसेपाटी ,नख्खु, कपन , वौद्ध , पेप्सीकोला लगायतका ठाउँमा सञ्चालनमा हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने जानकारी दिइएको छ। 

बिगत लामो समय देखी केबल टि. भी. को प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवोर्क प्रा. ली. ले अहिले पछिल्लो समयएमा ईन्टरनेट सेवा प्रदान गर्न थालेको हो।   नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रबिधिबाट एउटा फाइबर वाएरबाट ईन्टरनेट र टि. भी. चल्ने  समेत जनाइएकाे छ।