नाइजेरियामा सडक दुर्घटना चारको मृत्यु ४३ घाइते

नाइजेरियामा सडक दुर्घटना चारको मृत्यु ४३ घाइते

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ २३, २०७७

एजेन्सी । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ । 

उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ  । मानिस र जनावर बोकेको एक ट्रक सडकबाट  खाडलमा खसेपछि सो घटना भएको थियो । यस दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाइएको छ ।