कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापित

कीर्तिनिधि विष्ट अध्ययन केन्द्र स्थापित

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २३, २०७७

काठमाडौं । नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने हेतुले ’कीर्तिनिधि विष्ट अध्ययन केन्द्र’ स्थापना गरिएको छ । 

प्रा डा सुदर्शनराज तिवारीका अध्यक्षतामा गठित केन्द्रका उपाध्यक्षमा नवीन्द्र राजभण्डारी, कोषाध्यक्षमा कमला पाठक र सदस्य सचिवमा नरेन्द्रराज प्रसाईँ रहनुभएको छ । त्यस्तै सदस्यमा प्रा डा मोहन लोहनी,  दिलीप कार्की, दलबहादुर गुरुङ, नानु पन्त र रजनी उपाध्याय रहनुभएको छ ।

केन्द्रले पूर्वप्रधानमन्त्री विष्टका छोरा डा विनोद विष्टलाई संरक्षकमा मनोनयन गरेको छ ।  केन्द्रले जनोपयोगी कार्य गर्नाका अतिरिक्त आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यावहारिक विषयमा तालीम र  प्रशिक्षण दिने उद्देश्य राखेको छ । 

नेपाल सरकारका आवधिक योजना र कार्यक्रम आदिको मूल्याङ्कनसमेत गर्नाका साथै नेपालको जलस्रोत व्यवस्थापन र सुरक्षाको अवधारणामा केन्द्रित भई विविध कार्य गर्ने संस्थाको प्रमुख उद्देश्य रहेको केन्द्रका सदस्य सचिव प्रसाईँले जानकारी दिनुभयो ।