‘चम्सुरीसँग चिया गफ’ डिशहोममा आजबाट हरेक शुक्रवार प्रशारण हुने

‘चम्सुरीसँग चिया गफ’ डिशहोममा आजबाट हरेक शुक्रवार प्रशारण हुने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २३, २०७७

काठमाडौं– डिशहोमको रियालिटि टिभीकाे च्यानल नं. १०२ मा हरेक शुक्रवार साँझ ७ः३० बजे ‘चम्सुरीसगँ चिया गफ’ प्रशारण हुने डिशहोमले जानकारी दिएको छ । 

विगत १५ बर्षदेखि 'चम्सुरी' उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सञ्चालन गर्दै  आउनु भएको  छ । 

बिणभ क्रियसनद्वारा निर्माण र सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुने यस कार्यक्रमको पहिलो भाग आज २०७६ माघ २३ गते  शुक्रवार प्रशारण हुनेछ।