संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्ध सभामुखदवरा सर्वोच्चमा मुद्दा दर्ता, आइतबार पेसी

संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्ध सभामुखदवरा सर्वोच्चमा मुद्दा दर्ता, आइतबार पेसी

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २३, २०७७

काठमाडौँ – सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले गरेको नियुक्ति तथा अस्ति बुधबार गरेको शपथग्रहण समेत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ । रिट दर्ता गराउन सभामुख सापकोटा स्वयं नै अदालत पुग्नु भएको थियो । 

रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना , मुख्यसचिव शंकरदास वैरागी लगायत संवैधानिक निकायमा नियुक्त भई शपथ लिने ३२ जना गरी ३९ जनालाई विपक्षी बनाइएको छ । 

संसदीय सुनुवाई बिना नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरुले गएको बुधबार शपथ समेत लिइसक्नु भएको छ । 

सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उहाँहरुले शपथ खानु भएको हो । 
गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको सिफारिस गरेको थियो ।