डिसहोममा डिलर दाईको डिस्काउन्ट अव माघ २९ गतेसम्म मात्र वाँकी

डिसहोममा डिलर दाईको डिस्काउन्ट अव माघ २९ गतेसम्म मात्र वाँकी

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २३, २०७७

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले  'डिसहोममा  डिलर दाईको डिस्काउन्ट'  नामक अफर सञ्चालन गरिरहेको डिशहोमले जनाएको छ । 

डिशहोमका अनुसार अफर  अन्तर्गत हाल सम्म ८८ जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सक्नुभएको  छ ।  याे अफर बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गर्नुभएको छ जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाउने बताइएको छ ।

२०७६ फागुन २ गते देखि सञ्चाचलन भएको यो अफर अव भने केहि दिन मात्र वाँकी रहेको  बताइएकोछ । यहि २०७७ माघ २९ गते सम्मका लागि यो योजना लागु हुनेछ । नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत 'फन्ट ट्रन्सपाेर्ट' वा कुनै पनि अनलाईन माध्यम बाट बार्षिक रिचार्ज गरे बापत 'साप्ताहिक लक्की ड्र' मा भाग लिने अवसर प्राप्त हुनेछ । 'फन्ट ट्रन्सपाेर्ट' बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने समेत जनाइएकाे छ ।