तिमी भन्छौ सगरमाथा

तिमी भन्छौ सगरमाथा

दयाकृष्ण राई  |  साहित्य  |  माघ २४, २०७७

तिमी भन्छौ सगरमाथा म त भन्छु चुमोलुङ्मा 
यो माटोमा पहिलो पाइला टेक्ने आदिबासी हुँ म 

बन जङ्गल खोला-नालासँग प्रित गास्छु 
युगौयुगको ईतिहासलाई सम्हालेर राख्छु 
आकाश धर्ती हावा पानी प्रकृतिलाई पुज्छु 
पसिना र पौरखले आफ्नो भाग्य कोर्छु 

भस्मे र खोरिया फाडी बन्यो उर्बर भूमी 
यही माटो शीरमा लाउछु यही माटो चुमी 
जहाँ गएनी यही माटोमा आउछु घुमी घुमी 
अन्तिम सास फेर्ने यही नै हो मेरो पवित्र भूमी 

तिमी भन्छौ सगरमाथा म त भन्छु चुमोलुङ्मा 
यो माटोमा पहिलो पाइला टेक्ने आदिबासी हुँ म