सीताराम नेपालका केही हाइकु

सीताराम नेपालका केही हाइकु

सीताराम नेपाल  |  साहित्य  |  माघ २४, २०७७

लड्नु र उठ्नु
राजनीतिको खेती
दुनियाँ भरी

समय बित्यो
भाषण र गफैले
सिन्को भाँच्चेन

सिस्नुपानीले 
नहान्दा बेलैमा
बिग्रियो मति

परेवा जोडी
गुँडमा छैन हेर
कलह गर्दा

बाटो छुट्टियो
अनन्त यात्रा हाम्रो
अच्कल्टो पारी

नदी किनार
ऊ उता म यता रे
नेताले गर्दा

कठैबरी लै
विवेक बन्धकी भा को
था पाएनौ र 

फस्टायो खेती
 धोकाधडी र झेली
मित्रस्थानमा

खोलेर ढुकुटी
बाँडे रे हेरी हेरी
जनता जिल्ल

ललाट मेरो
भारी बोक्ने दुःखको
जीवन भरी