पुरोस् अर्थात् पुरोहित : राजाहरूको रक्षाकर्ता अर्थात् धारविता 'पुरोहित' !

पुरोस्  अर्थात् पुरोहित : राजाहरूको रक्षाकर्ता अर्थात् धारविता 'पुरोहित' !

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  माघ २४, २०७७

    रुद्राणां शङ्करश्चामि बित्तेशो यक्षरक्षसाम् ।
    वसूनां पावकश्चामि मेरुः शिखरिस्णामहम् ।। २३ ।।

अन्वय र अर्थ – अहं = म, रुद्राणां (मध्ये) = एकादश रुद्रगणमध्ये, शङ्करः = शङ्कर, अस्मि = हुँ । यक्षरक्षसां च (मध्ये) = यक्ष र राक्षरहरूमध्ये, वित्तेशः = कुवेर हुँ वसूनां = अष्ट वसुहरूमध्ये, पावकः = अग्नि हुँ, शिखरिणां च (मध्ये) = पर्वतहरूमध्ये, मेरुः = सुमेरुपर्वत, अस्मि = हुँ । 

भावार्थ – मरुद्गणहरूमध्ये म शङ्कर हुँ, यक्ष तथा रक्षगणमध्ये कुवेर, वसुगणमध्ये अग्नि र पर्वतहरूमध्ये सुमेरु हुँ ।

विशिष्टार्थ – 'रुद्राणां  शङ्कर चास्मि'– म रुद्रगणमध्ये शङ्कर हुँ । रुद्र एघार छन् यथा अज, एकपाद, अहिव्रध्न, पिनाकी, ऋत, पितृरूप, त्र्यम्बक, वृषाकपि, शम्भु, हवन र शङ्कर ।

षट्पद्ममा जब साधकको वर्ण परिचय हुन्छ, तब साधक द, य, प, र, उ, यी चार योनि अर्थात् स्थितिको स्थानको दर्शन गर्दछन् । द– को स्थान मूलाधार र स्वाधिष्ठानको विच भाग कामपुरमा छ । य – को स्थान अनाहत चक्रमा छ । प–को स्थान विशुद्ध भन्दा माथि आज्ञा भन्दा तल गर्दन तथा मस्तकको सन्धिमा छ र उ– को स्थान सहस्रारमा छ ।

रुद्र = र्+उ+द्+र । र = अग्नि बीज, उ = सहस्रारस्थित स्थान, क्षमा, द = कामपुरमा योनि, र = अग्निबीज जुन आधारमा कामाग्नि र क्षमाग्नि पूर्णभावले प्रकाशित हुन्छ, उही रुद्र हो । यी रुद्रहरूमध्ये शङ्कर शं जसले मंगल गर्छ अर्थात् जो केबल मङ्गल  स्वरूप छ उही म हुँ ।

'वित्तेशोयक्षरक्षसाम्'–पालन गर्ने शक्तिलाई वित्त भन्दछन् । यो चार अंशमा विभक्त भएर प्रथमांश पृथ्वीमा, द्वितीयांश जलमा, तृतीयांश अनलमा र चतुर्थांश साधु पुरुषमा मिलेर प्रकाशित छ । यसैको नाम पद्मा, लक्ष्मी, भूति, श्री, श्रद्धा, मेधा, सन्नति, विजिति, स्थिति, धृति, सिद्धि, स्वाहा, स्वधा, नियति र स्मृति हो । यस संसारमा असल र खसाब जुन चीजलाई तिमीले देख्नेछौ त्यसैले तिमीलाई मोहित गर्नेछ । त्यो जुन मोहिनी शक्ति हो त्यही विष्णुमाया हो । सबैको भित्र रहेर, सबैलाई प्रकाश गरेर स्वयं प्रकाश हुन्छ, अतः यसको आउनु जानुलाई कसैले बुझ्न र देख्न सक्दैन । त्यसै हुनाले यसलाई अलकापुरकी अधिष्ठात्री देवी भन्दछन्, अर्थात् परमाणुदेखि लिएर माया पर्यन्त जति पुर छन्, यी सत्वगुण महाशक्ति ती सबै पुरकी नै भूषणस्वरूपा हुन् । (अल= भूषित गर्नु ) । दिक्पाल कुवेर यी देवीका रक्षक हुन् । यी देवी कुवेरकी सम्पत्ति स्वरूपा हुन्, त्यसकारण कुवेरको नाम वित्तेश हो । मायाको यो खेल पनि म भित्रै हुन्छ त्यसकारण वित्तेश पनि म हुँ ।

वाह्यरूपमा हेर्दा जहाँ जति पानी छ – खोलानाला, ताल, तलाउ, पोखरी, नद, नदी यी समस्तको पानी नै समुद्रको पानी हो । अनि त्यो सानो आकार पनि सबै समुद्रको अंश विकास हो, परन्तु यो सीमाबद्ध छ । समुन्द्र असीम र अनन्त छ । अतः जलाधाररूपलेसमुन्द्रमा नै 'म' को विभूतिको पूर्ण विकास छ ।

'वसूना पावकश्चास्मि'–वसु–प्रकाशक, जसले आफ्नो तेजले अरूलाई प्रकाशित गर्दछ । वसु आठ छन्–भव, ध्रुव, सोम, विष्णु, अनल, अनिल, प्रत्युष र प्रभव । अनल = पावक, जसले पवित्र गर्दछ । ममा आएर सबै पवित्र हुन्छन्, त्यसैले म पावक हुँ ।

'मेरुः शिखरिणामहम्' – शिखरी पर्वत अर्थात् उच्च स्थान । यी मध्ये सबै भन्दा ऊँचो मेरु हो । साधक ! हेर, भित्र मायाको अंशमा, विवश्वानभन्दा माथि नै 'म' छु ।

    पुरोधसाञ्च मुख्यं मां विद्धि पार्थ बृहस्पतिम् ।
    सेनानीनामहं स्कन्दः सरसामस्मि सागरः ।। २४ ।।

अन्वय र अर्थ –पार्थ =हे पार्थ ! मां = मलाई, पुरोधसां = कुलपुरोहितमध्ये, मुख्यं = प्रधान, बृहस्पतिं = देव पुरोहित, बृहस्पति, विद्धि = जान, अहं = म, सेनानीनां = सेनापतिहरूमध्ये, स्कन्दः = देवताको सेनापति कार्तिकेय हुँ, सरसां च = जलाशयहरूमध्ये पनि, सागर, = समुद्र, अस्मि = हुँ ।

भावार्थ –  हे पार्थ ! पुरोहितगणको प्रधान बृहस्पति भनेर मलाई जान, सेनानीगणमध्ये कार्तिकेय पनि म हुँ, जलाशयहरूमध्ये समुन्द्र पनि म हुँ ।

विशिष्टार्थ – पुरोधस् शब्दको अर्थ हो पुरोहित अर्थात् पहिलेदेखि नै जसले धारण गरिरहेको छ ।  (केबल क्षेत्रीय बलले कार्य सिद्ध हुँदैन । क्षेत्रिय बलका साथ ब्रम्हबलको प्रयोजन हुन्छ । अतः राजाहरूको रक्षाकर्ता अर्थात् धारविता पुरोहित नै हो । अतएव पुरोधस्शब्दमा पहिले देखि जसले धारण  गरिरहेका छ त्यही संझिन्छ । किन कि राजालाई अग्निहोत्रादि रक्षा पुरोहितले नै गर्दछन् ।) जसले धारण गरिहरका छन् तिनीहरूले मायालाई धारण गरिरहेका छन् । यो माया नै बृहत् छ । यस बृहत्को पति बृहस्पति हो । राजर्षि जनकलाई ब्रम्हज्ञान उदय भएपछि उनले भनेका थिए – अहो ! म के आश्चर्य हुँ ! मैले  आफैले आफैलाई नमस्कार गर्छु, मजस्तो कृती (शौभाग्यशाली) अरू कोही पनि छैन, किन कि यस शरीरका साथ  स्पर्शास्पर्श न राखेर पनि म शरीर रूप विश्वलाई चिरकाल धारण गरिरहेको छु । (अहो ! अहं नमो मह्यं दक्षे नास्ति हि मत्समः । असंस्पृश्य शरीरेण येन विश्वं चिरं धृतम्) अतः पुरोहितहरूमध्ये प्रधान बृहस्पति (बृहतां पतिः) नै मलाई जान । यहाँ जीव, ईश्वर र 'म' यी तीन मध्ये म नै प्रधान हुँ अर्थात् जीव पनि पुरोधस्, चित्त–प्रतिबिम्व पनि पुरोधस्, फेरि म पनि पुरोधस् यी तीन मध्ये म नै प्रधान हुँ ।

सेनानीनामहं स्कन्दः–जनसमूहलाई सेना भनिन्छ अर्थात् जसले जन्म लिए, ती सबै 'म' र 'मेरो' यी दुबैलाई लिएर लडाइँ गरिरहन्छन्, यस लडाइँको परिचालक वासना हो । वास हुन्छ योनिमा अर्थात् स्थितिको स्थानमा, जसको स्थितिको स्थान छैन यस्तो अलीक (मिथ्या) जुन हो सोही वासना हो, यो वासना नै सेनानी हो । स्कन्दः= स्+क+न्+दः (स्) यसले हलन्त संयुक्त भएर अर्धस्फुरण देखाउँछ । स = सूक्ष्मश्वास, क = मस्तक, न= नास्ति, द = योनि, यसरी सूक्ष्मश्वासले पनि अति सूक्ष्मत्व लिएर मस्तकमा शून्य योनि भएर मुक्तिभाक् मात्र रहन्छ, जुनवेला  अर्थात् वासना निम्न (अधो) दिशामा नाना भावले परिचालित नभएर सबै प्रकारका कम्पनलाई त्याग गरेर एकाग्र भावले मुक्तिको ऊध्र्वलक्ष्य गरेर चलिरहँदा जुन अवस्था हुन्छ त्यसैको नाम स्कन्दः हो । यस अवस्थामा र 'म' मा घनिष्ठ संक्रम हुन्छ, त्यसकारण (:) विसिर्ग युक्त छ । अतएव म स्कन्दः हुँ (अष्टम अ. को ३ य श्लोकमा विसर्गः हेर्नुहोस्) ।

'सरसामस्मि सागरः' –सरसां – स+र+स+आं । स = सूक्ष्मश्वास, र = प्रकाश, स = सूक्ष्मश्वास, आं = आसक्ति,  सूक्ष्मश्वासको प्रकाश हुँदा सूक्ष्मश्वासमा आसक्ति हुन्छ । साधक ! हेर, त्यही आसक्ति सागरमा  परिणत हुन्छ, (सागर–सा = सूक्ष्मश्वासमा आसक्ति, गर = विष) अर्थात् त्यही आसक्तिले विषले जस्तै विस्तार गति लिन्छ । निःश्वास र प्रश्वासले ऊध्र्वलक्ष्य गर्नाले नै विस्तारै विस्तारै निःश्वास र प्रश्वास मन्द हुँदै निरोध अवस्थामा प्राप्त हुन्छ, तब त्यो सीमाबद्ध सूक्ष्मत्व विस्तारै विस्तारै विलाएर अपरिसीम सूक्ष्म बनेर आउँछ । त्यो अपरिसीम सूक्ष्म नै  'अस्मि' अर्थात् 'म' हुँ । यो भित्रको कुरा हो । वाह्यरूपमा हेर्दा जहाँ जति पानी छ – खोलानाला, ताल, तलाउ, पोखरी, नद, नदी यी समस्तको पानी नै समुद्रको पानी हो । अनि त्यो सानो आकार पनि सबै समुद्रको अंश विकास हो, परन्तु यो सीमाबद्ध छ । समुन्द्र असीम र अनन्त छ । अतः जलाधाररूपलेसमुन्द्रमा नै 'म' को विभूतिको पूर्ण विकास छ ।

    महर्षीणां भृगुरहं गिरामस्मेकमक्षरम् ।
    यज्ञानां जपयज्ञोऽस्मि स्थावरणां हिमालयः ।।
२५ ।। क्रमश:

याे पनि 

प्रभृति प्राणीहरूमा नानाविधि भाव 'म' बाट उत्पन्न हुने प्रभावहरु

बुध ग्रह र सूर्यको समीपको सम्बन्ध र महाप्रकाशको प्रत्यक्ष अवगत

जब मैले भोग गरेर ओर्लेँ, तबमाथि जे जे भनिएका छन् ती सबै सत्य मानेँ !

'गुडाकेश' र आत्मा' : सर्वभूतहरूको आशय अथवा अधिपतिको नाम

पाँच ज्ञानेन्द्रिय तथा पाँच कर्मेन्द्रिय र मन : बाह्य शब्द–स्पर्श–रूप–रस–गन्धादिको ज्ञान 'म' !