पञ्जावसँग राजस्थान पराजित

पञ्जावसँग राजस्थान पराजित
राजस्थान रोयल्सका सञ्जु सैमसनको विकेट लिएपछि खुसी मनाउ्रँदै किंग्स इलेभन पञ्जावका रविचन्द्र आश्विन । तस्बिर : बिसिसिआई ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ४, २०७६

काठमाडौं । कप्तान रविचन्द्र आश्विनले अलराउण्ड प्रदर्शन गरेपछि इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत मंगलबार राती सम्पन्न खेलमा किंग्स इलेभन पञ्जावले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ । 

आश्विनले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । उनले राहुल त्रिपाटी र सञ्जु सैमसनको विकेट लिए । त्यसअघि उनले चार बलमा १७ रन जोडे । 

टस हारेर ब्याटिङ गर्न आएको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रनको योगफल तयार पार्यो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ५२ रनको योगदान दिए । यस्तै, डेभिड मिलरले ४० र क्रिस गेलले ३० रनको पारी खेले । 

राजस्थानका जोफ्रा आर्चरले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । यस्तै, जयदेव उनादकट, धवल कुलकर्नी र इस सोडीले समान एक विकेट लिए । 

जवाफी ब्याटिङ थालेको राजस्थान १७० रनमै समेटियो ।