दक्षिण फिलिपिन्समा ६.३ म्यानिच्युडको भूकम्प

दक्षिण फिलिपिन्समा ६.३ म्यानिच्युडको भूकम्प

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ २६, २०७७

एजेन्सी । फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ ।स्थानीय समयानुसार आइतबार १२:२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

 यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट  मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन् । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ ।