लण्डनमा नेपाली नयाँ वर्षमा विविध सांस्कृतिक कार्यक्रम

लण्डनमा नेपाली नयाँ वर्षमा विविध सांस्कृतिक कार्यक्रम

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख ४, २०७६

बेलायत । नयाँ वर्ष २०७६ को अवसरमा लण्डन महानगरपालिकास्थित सटन सहरका नेपालीहरुले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् । 

स्थानीय स्टान्ली पार्क हाइस्कुलको अडिटोरियम हलमा आयोजना गरिएको कार्यक्रममा नेपाली, भारतीय तथा श्रीलंकाली समुदायका व्यक्तिले आ–आफ्नो भाषा, संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 
कार्यक्रममा प्रारम्भ पाठशालामा अध्ययनरत विद्यार्थीले नेपाली नृत्य प्रस्तुत गरेका थिए । यस्तै, भारतीय समुदायका बालबालिकाले मन्त्रवाचन तथा तमिल बालबालिकाले शास्त्रिय संगीत र नृत्य प्रस्तुत गरेका थिए । 
कार्यक्रमको केन्द्रविन्दु विनोद चिपालुको लाखे नाच बन्यो । कतिपय दर्शकले उनको नाच मोबाइलमा कैद गरे । 

कार्यक्रममा लण्डनमा बसोबास र कार्यथलो रहेका नेपाली, भारतर श्रलंकन नगारिकाहरुको बाक्लो भएकाहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रम आयोजक संस्था प्रारम्भ पाठशालाका प्रमुख शिक्षक पूर्णकुमार श्रेष्ठले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन । 

नेपाली संस्कृतिको प्रचारप्रसार गर्न तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पाठशालाले विभिन्न कार्यक्रम गर्ने योजना बनाएको बताए । 

सटन नयाँ वर्षलाई सांस्कृतिक पर्वको मान्यता दिनको लागि यो कार्यक्रम आयोजना गरेको जनकारी दिएका छन । गत जनवरीमा तमिल‌मूलका काउन्सिलर परम नन्दाले  हिन्दू तथा बौद्ध धर्मावलम्बीका पर्वलाई प्रवद्र्धन गर्ने विशेष प्रस्ताव पेश गरेकका थिए । सो प्रस्ताव गत जनवरीमा पारित भएको थियो । उक्त निर्णयको त्यहाँस्थित नेपाली, तमिल तथा भारतीय मूलका समुदायले स्वागत  समेत गरेका थिए । 

काउन्सिलको यो निर्णयसँगै हरेक वर्ष सटनका विद्यालयले हिन्दू र बौद्ध धर्मावलम्बीको नयाँ वर्षबारे पाठ्यक्रममा समावेश गरिने कार्यक्रम समेत रहेको कार्यक्रममा जनकारी दिइएको छ ।