प्रहरीद्वारा पक्राउ पुर्जी थमाएर झाँक्रीकाे गिरफ्तारी (पक्राउ पुर्जी सहित)

प्रहरीद्वारा पक्राउ पुर्जी थमाएर झाँक्रीकाे गिरफ्तारी   (पक्राउ पुर्जी सहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २९, २०७७

 काठमाडौँ । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ तथा बिघटित प्रतिनिधि सभकी सभास रामकुमारी झाँक्रीले  पक्राउ पूर्जी थमाए पछि काठमाडौँ स्थित निवासबाट गिरफ्तारी दिनु भएको छ ।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाएको थियाे  ।

यसको दफा १ मा लेखिएको छ ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुदैन  भनि उल्लेख छ ।   

पक्राउ पूर्जी यस्ताे स रहेकाे छ ।