नेपाल बार एशोसिएशन झापा : सर्वसम्मत अध्यक्षमा हरि अधिकारी

नेपाल बार एशोसिएशन झापा : सर्वसम्मत अध्यक्षमा हरि अधिकारी

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ३०, २०७७

झापा  । नेपाल बार एशोसिएशन झापाका अध्यक्षमा हरि अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । बारको २०७७ माघ ३० गते चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा कमला आचार्य, सचिवमा हेमकला कट्टेल, सहसचिवमा देवीकुमारी निरौला र कोषाध्यक्षमा खगेन्द्र खरेल निर्विरोध चयन हुनु भएको छ । 

आगामी दुई वर्षे कार्यकालका लागि गठित समितिको सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की, यज्ञलक्ष्मी चौलागाईँ, चेतनाथ आचार्य, लेखनाथ निरौला, मोहनकुमार अधिकारी, विजय ढुङ्गाना, तारादेवी बाराकोटी र उमाकान्त पोखरेललाई चयन गरिएको निर्वाचन समितिका संयोजक सुरज खत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी रामबहादुर थापा, सुरेशकुमार पोखरेल, प्रेमप्रसाद विमिली, बेनुप्रसाद सिटौला, नारायणप्रसाद चौलागाई, असारुलाल  राजवंशी र डमरबहादुर कार्र्कीलाई केन्द्रीय पार्षद्मा छनोट गरिएको निर्वाचन समितिले जनाएको छ । बारमा प्रजातान्त्रिक कानून व्यवसायी र प्रगतिशील कानून व्यवसायीबीच आलोपालोको पद्धतिबाट सहमतिमा कार्य समिति चयन गर्ने परम्परा छ । सोहीअनुरुप नै यस वर्ष पनि समिति चयन गरिएको संयोजक खत्रीले बताउनुभयो । अध्यक्ष अधिकारी प्रजातान्त्रिक कानून व्यवसायीको रुपमा चिनिनुहुन्छ ।