छोरा वा छोरी

छोरा वा छोरी

निर्मला परिवेश राई  |  साहित्य  |  फाल्गुन १, २०७७

छोरा वा छोरी सन्तान असल जन्मिएको राम्रो
छोरा वा छोरी असल सन्तान जन्माउने चाह आमाको राम्रो
असल सन्तान एक पनि लाख हुन्छ, चुम्ने सबै शिखर चुमेर छोड्छ
घुम्ने सबै सन्तान घुमेर छोड्छ, ऊ मान्छे हो
मानवताको अर्थ छोडेर मर्छ ।

बाह्र छोरा तेह्र नाति बूढाबूढीको सिरानीमा सधैँ आँसु साथी
कमसल सन्तानको सधैँ पिर, चिन्ता
सन्तान भए पनि मनमा हीनता
सुख सन्तुष्टि सन्तानबाट प्राप्त हुन्छ
उज्यालो अँध्यारो भविष्यको सन्तानमै निर्भर गर्छ ।

छोरा वा छोरी सन्तान असल जन्मिएको राम्रो
छोरा वा छोरी असल सन्तान जन्माउने चाह आमाको राम्रो
सुसन्तान जन्मिएमा आमासहित माटो
देशमा रोशनी फैलाउँछ
ढकमम्कै फुल्दै फल्दै फेद जरा सम्झन्छ ।