गाउँपालिकामा पाँचौँ बर्थिङ सेन्टर

गाउँपालिकामा पाँचौँ बर्थिङ सेन्टर

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २, २०७७

खोटाङ । रावाबेँसी गाउँपालिकामा पाँचौँ बर्थिङ सेन्टर ९प्रसूति गृह० स्थापना गरिएको छ । छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं ४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर बर्थिङ सेन्टर सेवा शुरु गरिएको हो । 

‘वानहर्ट वल्डवाईड’ नामक संस्था र गाउँपालिकाको सहकार्यमा भवन निर्माण गरेर स्थापना गरिएको बर्थिङ सेन्टर गाउँपालिका प्रमुख लीलानाथ निरौलाले उद्घाटन गर्नुभयो । वानहर्टको ६२।३ प्रतिशत र गाउँपालिकाको ३७।७ प्रतिशत गरी १७ लाखमा चार कोठे भवन निर्माण गरेर बर्थिङ सेन्टर स्थापना गरिएको हो । 

बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, बेटिङमा बस्ने र सभाहलसहितको चार कोठे भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । नयाँ भवन, बर्थिङ सेन्टरका लागि आवश्यक उपकरण, जनशक्ति एवं औषधिको व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिनुभयो । वानहर्टले सुत्केरी गराउन आवश्यक पर्ने बेडदेखि अन्य आवश्यक उपकरण उपलब्ध गराएको छ ।