युवा स्वरोजगार कोषद्वारा ५ वटा नयाँ कार्यक्रमको घोषणा: ५८ जिल्लमा विशेष कार्यक्रम (विज्ञप्तिको पूर्ण पाठसहित)

युवा स्वरोजगार कोषद्वारा ५ वटा नयाँ कार्यक्रमको घोषणा: ५८ जिल्लमा विशेष कार्यक्रम (विज्ञप्तिको पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३, २०७७

काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा  विभिन्न ५ वटा नयाँ कार्यक्रमको घोषणा गरेको छ । 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७७ फागुन ३ सोमबार काठमाडौँमा एक पत्रकार भेटघाटको आयोजना गरी उपरोक्त कार्यक्रमको घोषणा गरिएको हो  ।

कोषका कार्यकारी उपाध्यक्ष डा। देवराज रोका (कल्याण) ले दिनु भएको जानकारी अनुसार सहकार्यमा आधारित साझेदारी कार्यक्रम (देशैभर), कोशी इकोनोमिक कोरिडोर कार्यक्रम (१७ जिल्ला केन्द्रीत), भेरी-कर्णाली इकोनोमिक कोरिडोर कार्यक्रम (१७ जिल्ला केन्द्रीत) , काठमाडौँ उपत्यका कार्यक्रम र तराई-मधेस  स्वरोजगार कार्यक्रम  (२१ जिल्ला केन्द्रीत) रहेका छन् । 

पत्रकार भेटघाटमा दिएको जानकारी अनुसार उक्त कार्यक्रम सञ्चालनको लागि सांगठानिक पुनर्संरचना समेत गरिएको छ । जस अनुसार स्थानीय तह स्तरमा समन्वय तथा अनुगमन समिति बनाउने बाल्यावस्था मिलाइएको छ । जस अनुसार कोषद्वारा सञ्चालित कार्यक्रमको समन्वय तथा अनुगमनको लागि प्रत्येक स्थानीय तहमा एक पाँच सदस्यीय स्थानीय समन्वय तथा अनुगमन समिति हुनेछ । जसमा सम्वन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत (अध्यक्ष), उद्यमशीलतामा क्रियाशील युवामध्ये सम्वन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले तोकेको एक जना महिला र दलित सहित तीन जना सदस्य तथा स्वरोजगार सहजकर्ता सदस्य–सचिव रहनेछ । 

त्यसै गरी  ७७ वटै जिल्ला स्तरमा कर्जा असुली उप( समितिको व्यवस्था गरिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यक्रम स्थानीय स्तरमा प्रभावकारी ढङ्गले सञ्चालन गर्न ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत स्तरको कर्मचारीको संयोजकत्वमा पाँच सदस्यीय कर्जा असुली उप—समिति रहने छ । उक्त समितिको सदस्य सचिव जिल्लास्थित असुली सहजकर्ता रहने व्यवस्था गरिएको  छ । उक्त समितिको कार्यालय जिल्ला प्रशासन कार्यालय वा प्रमुख जिल्ला अधिकारीले तोकेको स्थानमा रहने छ । कर्जा असुली सहजकर्ताले स्वरोजगार कर्जा लिई व्यवसाय सञ्चालन गरिरहेका संस्था र व्यवसायीहरूको नियमित असुली, अनुगमन गरी सोको प्रतिवेदन कर्जा असुली उप—समिति तथा कोषको सचिवालयमा पेस गर्नु पर्ने व्यवस्था गरिएको  छ ।   साथै  नीतिगत पुनर्संरचना  र नीतिगत वकालतका बुँदाहरू सम्मत  तय गरिएको छ । 

स्वरोजगार कर्जा लिन चाहने व्यक्तिले स्वरोजगार Mobile App र स्वरोजगार कोषको Website मा रहेको अनलाइन पोर्टलमार्फत आशय पत्र भरी सिधै कर्जा माग गर्न सक्ने समेत जनाइएको छ । 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा जारी प्रेस विज्ञप्तीकाे पूर्ण पाठ