चर्चित शल्यचिकित्सक डा‍. सुनीलकुमार शर्माको समूह स्टार अस्पतालसँग आवद्ध :विशिष्टिकृत सेन्टर बनाइने

चर्चित शल्यचिकित्सक डा‍. सुनीलकुमार शर्माको समूह स्टार अस्पतालसँग आवद्ध :विशिष्टिकृत सेन्टर बनाइने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन ३, २०७७

 ललितपुर ।  पेट तथा पाचन प्रणालीका  चर्चित शल्यचिकित्सक डा‍. सुनीलकुमार शर्मा स्टार अस्पतालसँग आवद्ध  हुनु भएकाे  अस्पतालले जनाएकाे छ।

 पेट तथा पाचन प्रणाली सम्बन्धी छुट्टै विशिष्टिकृत सेन्टर बनाउने उद्धेश्यसहित डा‍. शर्माको टीम नै स्टारमा आवद्ध भएको जनाइएको छ ।  डा‍. शर्मा पछिल्लो समय नेपाल मेडिसिटी अस्पतालसँग आवद्ध  हुनुहुन्थ्यो । 

नेपाल मेडिसिटीको स्थापना कालदेखि नै मेडिकल डाइरेक्टर रहनु भएका  डा. शर्मा पछिल्लो समय शल्यचिकित्सा विभागको जिम्मेवारीमा हुनुहुन्थ्यो । डा‍.  शर्माको  साथमा  डा. प्रनील राई,  डा. निर्भान राई,  डा. सुवोध घिमिरे लगायतकाे समूह पनि स्टारमा आवद्ध  हुनु भएकाे  छ ।