प्रेम दिवसको उपहार : एउटा प्रेमिल गीत अस्ट्रेलियाबाट 'साँझ बिहान'

प्रेम दिवसको उपहार :  एउटा प्रेमिल गीत अस्ट्रेलियाबाट 'साँझ बिहान'

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन ३, २०७७

'साँझ बिहान भेट्न आउनू पानी पँधेरीमा
हाटबजार, मेलापात, भञ्ज्याङ् अनि चौतारीमा !'

नेपाली सुगम सङ्गीतको महिला गायनमा पछिल्लो समयकी स्वर किन्नरी मेलिना राइको सुमधुर आवाजमा सुसज्जित उपरोक्त प्रेमिल गीत अब अस्ट्रेलियामा छायाँकन भएर बजारमा आएकोछ ।

 गीतकार गणेश खड्काको शब्द, दिप घतानीको सङ्गीत तथा महाराज थापाको सङ्गीत संयोजनमा रेकर्ड भएको अडियो सार्वजनिक भएलगत्तै अस्ट्रेलिया निवासी सङ्गीत पारखी सुशील श्रेष्ठले यसको भिडियो निर्माण गर्ने उत्सुकता देखाउनु भएको बताइएको  छ । गीतको शब्द, भाव,सङ्गीत र स्वरले मन खिचेपछि उक्त गीतको  भिडियो निर्माणको जिम्मा लिनु भएको छ  । 

हरेक मान्छेको दिनचर्या साँझ,बिहान,दिन,रात गर्दै चलिरहको हुन्छ  िसमयका यिनै हिस्साभित्र जीवनका अनेक अवयव भोग्छ मान्छेले । प्रेम एउटा साश्वत सक्ति हो, जीवनको लागि अपरिहार्य तत्व पनि  िसफल,सन्तुष्ट र खुशी जीवन यापनमा प्रेमको भूमिका अहम हुन्छ  । प्रेमलाई अभिव्यक्त गर्ने सशक्त माध्यम हो गीत सङ्गीत  । गाउँले अर्गानिक प्रेम कथामा आधारित झर्रा नेपाली गीतको छायांकन भौतिक विकासको चरम यात्रामा व्यस्त अस्ट्रेलियामा गर्नु सहज त थिएन तर त्यो सम्भव बनाए प्रस्तुतकर्ता सुशील श्रेष्ठ र निर्देशक वीपी भण्डारीले  । 

गीतको कथा बोल्छस् दाजुभाउजुको प्रत्यक्ष निगरानी र लाडप्यारमा हुर्केकी बहिनी एक अन्तरजातीय प्रेममा आफुलाई समाहित गर्छे तर उनीहरुको प्रेम प्रसङ्ग अभिभावकको लागि अपाच्य हुन्छ । घरायसी र पारिवारिक वातावरण जस्तो भए पनि एक वयष्क सन्तानको मनस्थितिमा उत्पन्न प्रेमको मनोभाव र खुशीलाई अभिभावकले बुझिदिनुपर्छ भन्ने नैतिक र व्यवहारिक सन्देशमा गीतको समुल कथा घुमेकोछ  िगीतको मूल पात्र एक साहसिक प्रेमिका भएकैले उनीहरुको प्रेम अन्ततः आपसी बिबाहमा परिणत हुन्छ । 

अस्ट्रेलियाको डार्बिन निवासी वीपी भण्डारी भिडियोग्राफी र निर्देशन विषयमै डिग्री हासिल गरेका हुनाले प्रस्तुत म्युजिक भिडियोमा स्तरीयताको प्रचुरता रहेकाे पाइन्छ : अक्सर नेपालबाट मात्र बन्ने सिनेमा र म्युजिक भिडियो हेर्न अभ्यस्त नेपाली दर्शकका लागि यो नितान्त नयाँ स्वाद हुन् सक्छ,- गीतकार गणेश खड्काले आफ्नो लेखकीय धारणा राख्नु भयो । देशमा निर्माण गर्दा आफ्ना शब्दले न्याय पाउँदैनन्  कि भन्ने सामान्य भय प्रारम्भिक चरणमा भए पनि निर्माणपश्चात् भिडियो हेर्दा आफु चकित परेको भन्दै गीतकार खड्काले सन्तुस्टी व्यक्त गर्नुभयो । अस्ट्रेलियाको डार्बिन निवासी सुशील श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो म्युजिक भिडियोको निर्मात्री बिन्दु गुरुङ श्रेष्ठ रहेकीछिन्  ।

श्रद्दा बरालको कोरियोग्राफी रहेको प्रस्तुत भिडियोमा दिनेश परियार र सुस्मिता बरालको मुख्य भूमिका छ भने बालकलाकार अल्बिना श्रेष्ठको सटिक अभिनयले गीतलाई जीवन्त बनाउन मद्दत गरेकोछ । अस्ट्रेलियाबाट नेपाली परिवेश दिनका निम्ति त्यहाँका ग्रामीणक्षेत्रमा पुगेर लोकेशन चयन गरेको प्रस्तुतकर्ता सुशील श्रेष्ठले बताउनु भयाे । अस्ट्रेलिया एक प्रमुख पर्यटकीयस्थल लिचफिल्ड र बोटानिकल गार्डेनका दृश्यहरुले गीतको प्रस्तुतिलाई झनै जीवन्त बनाएको छ  ।

साहित्यकार गणेश खड्काले सेसेल्सबाट गीत लेखे, दिप घतानी र मेलिना राईले नेपालबाट सङ्गीत र गायन गरे अनि सुशील श्रेष्ठ र वीपी भण्डारीको टिमले अस्ट्रेलियाबाट म्युजिक भिडियो बनाउनु भयाे । नेपाली गीत-सङ्गीतप्रेमी दर्शकका लागि यो एक नौलो र उत्साहप्रद सांगीतिक सामग्री हुन सक्छ । संजय राई 'छुच्चा' को प्रोमोटिङ् र मार्केटिङ् रहेको प्रस्तुत प्रेमिल गीत १४ फेब्रुअरी २०२१ प्रेम दिवसकै दिन अस्ट्रेलियाबाट विश्वव्यापी रुपमा सार्वजनिक गरिएको हाे ।