बागमती प्रदेश सभा बैठक : फागुन ५ गते २ बजे

बागमती प्रदेश सभा बैठक : फागुन ५ गते  २ बजे

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ४, २०७७

मकवानपुर । बागमती प्रदेश सभाको बैठकले यही फागुन ५ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको 'प्रदेश पर्यटन विधेयक–२०७७' २०७७ फागुन ३ गते साेमबार  सचिवालयमा दर्ता भएको छ । फागुन ५ गते बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसी सोही दिन दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो । प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य हुनुहुन्छ ।