गरिमा विकास बैंक:नवनिर्वाचित अध्यक्ष बस्यालद्वारा पद तथा गोपिनियता शपथ ग्रहण

गरिमा विकास बैंक:नवनिर्वाचित अध्यक्ष बस्यालद्वारा पद तथा गोपिनियता शपथ ग्रहण

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ४, २०७७

 काठमाडौँ । गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष  श्याम प्रसाद बस्यालद्वारा   पद तथा गोपिनियता शपथ ग्रहण  गर्नु भएको बैंकले जनाएकाे छ  । 

प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालका अनुसार  गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित हुनुभएका  श्याम प्रसाद बस्यालले  २०७७ फाल्गुण ३ गते सोमबार  नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिनुभएको हो ।

 विकास बैंकको  २०७७ माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट  श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र  दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक सञ्चालक पदमा निर्वाचित हुनुभएको  थियाे ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो र काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम सञ्चालनमा रहेको समेत जानकारी दिइएकाे छ  ।