आश्रित बालबालिका र परिवारलाई  चिसो बढेपछि कम्बल वितरण

आश्रित बालबालिका र परिवारलाई  चिसो बढेपछि कम्बल वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ५, २०७७

बझाङ । प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले जयपृथ्वी नगरपालिकामा २०० र केदास्युँ गाउँपालिकामा २०० लाई कम्बल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो 

संस्थाले कोरोना महामारीको समयमा पनि समुदायस्तरमा दाल, चामल, सरसफाइका सामान तथा स्वास्थ्य सामग्री वितरण गरेको थियो । गरीब, दुःखी, एकल महिला, बालबालिकालाई बेलाबेलामा खाद्यान्न, लत्ता कपडा दिएर आफूहरुलाई ठूलो सहयोग पुगेको जयपृथ्वी नगरपालिका भण्डार घर भएकी आलिकुली रोकायाले बताउनुभयो । प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा स्थानीय तहसँग समन्वय गरेर जोखिममा रहेका बालबालिकाको गुणस्तरीय शिक्षा, संरक्षण र जीविकोपार्जनका क्षेत्रमासमेत संस्थाले काम गर्दै आएको छ ।