डिपबोरिङ र स्यालोट्युवेलमार्फत सात हजार २०० हेक्टर जमीनमा सिँचाइ

डिपबोरिङ र स्यालोट्युवेलमार्फत सात हजार २०० हेक्टर जमीनमा सिँचाइ

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ६, २०७७

सर्लाही । आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गर्न थालेका छन् । यहाँका सात हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालोट्युवेलको माध्यमबाट सिँचाइ सुविधा पु¥याइएको छ । 

वाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास  डिभिजन कार्यालय सर्लाहीले चार हजार ६०० हेक्टर जमीन र रौतहटको दुई हजार ६०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याएको जनाएको छ । विसं २०७२ का स्थापना भएको सो कार्यालयले  हालसम्म सर्लाहीमा ३६ वटा डिपबोरिङ तथा  एक हजार ५०० स्यालोट्युवेल जडान गरेको छ । 

कार्यालय स्थापना भएको हालसम्ममा रौतहटमा ४१ वटा डिपबोरिङ र एक हजार स्यालोट्युवेल जडान गरी सिँचाइ सुविधा पु¥याएको छ । जमीनमा पानीको लियर निकै तल गइसकेकाले धेरै तल गएर पानी निकाल्नुपर्ने अवस्था रहेको सो कार्यालयका इन्जिनीयर मनोज खतिवडाले जानकारी दिनुभयो । 

जसका कारण विगतको तुलनामा जडान खर्च पढेको छ । सामान्यतः एउटा डिपबोरिङ जडान गर्न  एक करोड २५ लाख तथा एउटा स्यालोट्युवेल निर्माण गर्न एक लाखको खर्च लाग्ने गरेको उहाँको भनाइ छ ।

लालबन्दी नगरपालिकाको हिरापुरमा रु एक करोडको लागतमा डिपबोरिङ जडान शुरु भएको छ । त्यहाँको किसानकोे मागका आधारमा डिपबोरिङ जडान गर्न लागिएको खतिवडाले भन्नुभयो । लालबन्दी तरकारी खेतीका लागि जोन भए पनि पानीको अभाव रहेकाले वर्षभरि खेतीका लागि डिपबोरिङ जडानले त्यहाँको किसानमा खुशी छाएको लालबन्दी नगरपालिकाका–११ का वडाध्यक्ष दीपक लामाले बताउनुभयो । 

यो कार्यालय अहिले प्रदेश नं २ को भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पर्छ । सर्लाहीको दक्षिण पचिम क्षेत्रमा पनि सिँचाइको व्यवस्था नरहेकाले त्यहाँ पनि डिपबोरिङ र स्यालोट्युवले जडान गर्नुपर्ने वलरा नगरपालिका–४ का वडाध्यक्ष केशव झाको भनाइ छ । उपभोक्ता समिति बनाएर उक्त डिप र स्यालोट्युवेलको निर्माण हुनेछ ।