महिला ट्रेकिङ्ग उधमीहरुसँग प्रभु बैंकलै सहयात्रा समृद्धि अन्तर्गत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

महिला ट्रेकिङ्ग उधमीहरुसँग प्रभु बैंकलै सहयात्रा समृद्धि अन्तर्गत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ५, २०७७

काठमाडौँ ।  प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

प्रभु बैंक  जारी गरेको प्रेस विज्ञप्ति अनुसार  २०७७ फागुन ५  सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उधमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गर्नुभएको बैंकले जानकारी दिएको छ ।   

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो  उधम व्यवसायलाई पून: सुचारु गर्दै  जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ ।