यी हुन विश्वका सर्वाधिक धनी दश महिला

यी हुन विश्वका सर्वाधिक धनी दश महिला

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख ५, २०७६

फोब्र्स पत्रिकाले संसारभरका अर्बपतिबारे चर्चा गरिराख्छ । पत्रिकाले विश्वका १८२६ अर्बपतिलाई नामांकित गरेको छ । 

यी १८२६ अर्बपतिहरुमा झण्डै १३ प्रतिशत महिला अर्बपति रहेका छन । १० अप्रिल २०१९ को तथ्यांक अनुसार विश्वमा २२४ जना महिला अर्बपति छन । 

यी २४४ मध्ये सर्वाधिक धनी १० जना महिला यिनै हुन । 

१. फै्रन्कोइज बेटेनकोर्ट मेयर्सः १० जुलाई १९५३ मा जन्मेकी ६५ वर्षीय बेटेनकोर्ट  फ्रांसको नागरिक हुन । लोरियल कम्पनीको मालिक यिनीसँग ४९.३ बिलियन डलरको सम्पति छ । महिला अर्बपतिको शीर्षमा रहेकी बेटेनकोर्टको विश्व रोकिंग १५ औं छ । 

२. एलिस वाल्टनः संयोगलले यिनी पनि १० जुलाई मै जन्मेकी हुन, १० जुलाई सन १९४९ । अमेरिकी नागरिक वालमार्ट कम्पनीको मालिक यिनीसँग ४४.४ विलियन डलरको सम्पति छ । विश्वमा यिनी १७ औ रैकिंगमा आउँछिन ।

३. म्याकेंजी टटलः अर्बपतिको क्लबमा म्याकेंजीको प्रवेश २०१९ मा मात्र भएको हो । विश्वको नम्बर १ धनी जेफ बेजोसको पुर्वपत्नी म्याकेंजीले पारपाचुके गर्दा झण्डै ३५ बिलियन डलरको सम्पति पाइन । यो सम्पति पाउनसाथ उनी विश्वको तेस्रो धनी महिलामा स्थापित हुन पुगिन । श्रीमतीलाई ३५ अर्ब डलर दिए पनि जेफ बेजोस अहिले पनि विश्वका सर्वाधिक धनी मै रहिरहेका छन् । 

४. ज्याकलिन मार्सः ७९ वर्षीय ज्याकलिनसँग २३.९ विलियन डलरको सम्पति छ । मार्स इनकरपोरेटेड अमेरिकन कम्पनीको मालिकना हक छ यिनीसँग । विश्वमा यिनको रैकिंग ३३ औं नम्बर पर्छ ।  

५. यंग हुइयान: महिला अर्बपतिको लिष्टमा सबैभन्दा कान्छी हुन यी चीनिया अर्बपति । ३८ वर्षीय यंग २२.१ बिलियन डलरको मालिक्नी छन । विश्वको रैकिंगमा यिनी ४२ औ नम्बरमा पर्छिन ।

६. सुसाने क्लाटेन :जर्मनीकी ५६ वर्षीय सुसानेसँग २१.० बिलियन डलरको सम्पति छ । वीएमडब्लु कम्पनीकी सुसानेको विश्वको धनीहरुको सूचीमा ४६ औं नम्बर छ ।

७. लाउरेने पोवेल जोब्स :द वाल्त डिजनी कम्पनीको मालिकना हक राख्ने पोवेलसँग १८.६ विलियन डलरको सम्पति छ । ५५ वर्षीया अमेरिकन नागरिक पोवेल विश्वको धनीमा ५४ औं नम्बरमा पर्छिन । 

८. एबिगेल जोन्सनः १५.६ विलियनको मालिक जोन्सन पनि अमेरिकन अर्बपति हुुन । यिनको विश्वको रैकिंग ७१ ‍औ‌ हो । 

 

९. इरिस फोन्टोब्ना: ७७ वर्षीय इरिससँग १५.३ बिलियन डलरको सम्पति छ । चिलीको नागरिक इरिसको विश्वको रैकिंग ८० औं हो ।

१०. गिना राइनेहर्टः अष्ट्रेलियन नागरिक गिनासँग १५.२ बिलियन सम्पति रहेको छ । गिना विश्वको सबैभन्दा धनी महिलाको लिष्टमा १० औं नम्बरमा पर्छिन ।