६९ बर्षमा 'लिभ–इन रिलेशनशिप' : न उमेरको सीमा, न विवाहको बन्धन !
फाल्गुन ७, २०७७

 'हामी पछिल्लो छ वर्षदेखि 'लिभ–इन रिलेशनशिप'मा छौँ । मान्छेले के भन्छन् भनेर किन एक्लै बस्ने ? कुनै अप्ठ्यारो र आपतको बेलामा मसँग को हुन्छ ? यस्तो अवस्थामा समाजका सहयोगका लागि कोही  अघि आउँदैन ।’ बीबीसी मराठीसँगको कुराकानीमा आफ्नो अनुभव शेयर गर्दै ६९ वर्षीय आसावरी कुलकर्णीले भनिन् ।

पुणेको वसन्त बाग इलाक़ामा बस्ने ६९ वर्षीय अनिल यार्दी र ६९ वर्षीय आसावरी कुलकर्णी पछिल्लो छ वर्षदेखि 'लिभ-इन रिलेशनशिप'मा बसिरहेका छन् । अनिल र आसावरी दुवैको उमेर ७० वर्ष पुग्न लाग्यो र दुवैले केही वर्षअघि विवाह नगरी 'लिभ-इन'मा बस्ने निर्णय लिएका थिए । अनिलले भने, 'लिभ-इन रिलेशनशिप'को अर्थ साथी जसरी नै बस्नु हो । विवाहका लागि प्रस्ताव आवश्यक छ तर किन 'लिव-इन रिलेशनशिप'का लागि कुनै प्रस्ताव आवश्यक छैन । प्रश्न यो हो कि के तपाई जीवनभर 'लिभ-इन'मा नै बस्न सक्नुहुन्छ ? कुराकानीका क्रमलाई अघि बढाउँदै आसावरीले भने, 'एक पटक हामीले एक साथ रहने निर्णय गरेपछि मान्छेले के भन्छन् भन्ने सोचेनौँ।' दुवै जनाले आफ्नो विचार सार्वजनिक रूपमा राख्नमा आफूहरूलाई कुनै हिचकिचाहट नभएको बताए ।

उनीहरूको कहानी ७ वर्ष पहिले सुरु भएको हो । करिब सात वर्ष पहिले ज्येष्ठ नागरिकका लागि काम गर्ने माधव दामलेको संस्थाले एउटा यात्राको आयोजना गर्‍यो। यसै यात्राका क्रममा आसावरी र अनिलको पहिलो कुराकानी भएको थियो । अनिल यार्दी भन्छन्, 'म आफ्नो कारबाट आएको थिएँ। मेरो कारमा तीन महिला र एक पुरुष थिए । यिनी मेरो कारमा थिइनन् र केही ढिला पुगेकी थिइन् । तर यिनी यस्तो भएर त्यहाँ पुगेकी थिइन् कि म उनीतर्फ आकर्षित भएँ । त्यसपछि हाम्रो 'दोस्ती' भयो र हामीले कुराकानी गर्न थाल्यौँ ।

त्यसपछि दुई चार दिनको बिचमा हामीबिच कुराकानी हुन थाल्यो । अनिल पेसाले इलेक्ट्रिकल इन्जिनियर थिए र जागिर गरिरहेका थिए । कार्यालयबाट फर्किएपछि उनी चिया खानका लागि आसावरीको घर जान थाले । केही दिनपछि आसावरीले चियासँगै उनलाई 'स्न्याक्स' पनि 'अफर' गर्न थालिन । दुवै जना एक अर्काको कुराकानीमा प्रभावित हुन थालेका थिए र सोच पनि उनीहरूबिच धेरै हदसम्म मिल्दोजुल्दो थियो । आसावरी भन्छिन्, 'यो सिलसिला १० महिनासम्म चल्यो । त्यसपछि हामीलाई हाम्रो इच्छा चाहाना करिब उस्तै थिए । हामी पिरो पिरो मासु खान मन पराउँथ्यौँ । कहिलेकाहीँ 'ड्रिङ्स' पनि लिन्थ्यौँ । दुवै जना यात्रा गर्न पनि मन पराउँथ्यौ । कहिलेकाहीँ एक दिनको यात्रामा पनि जान्थ्यौँ । त्यस बेला नै हामीले सँगै बस्ने निर्णय गरेका हौँ ।'

'लिभ इन रिलेशनशिप' सबैभन्दा राम्रो तरिका हो ।' उनीहरू दुवै जना 'लिभ इन रिलेशनशिप'मा धेरै सोचेर मात्रे निर्णय गर्नुपर्ने सुझाव दिन्छन् । जब दुई जना एक ठाउँ हुन्छन्, तब घर खर्च चलाउने मुद्दा महत्त्वपूर्ण बन्छ । आसावरीले भनिन्, ' यसबारेमा हामी प्रस्ट छौँ । हामी दुवै जना बराबर खर्च गर्छौँ । कपडा र गहना आफ्नो पैसाले नै किन्छौँ । यस कारण हाम्रो झगडा हुँदैन । सम्बन्धमा पहिले स्पष्ट हुन जरुरी छ ।

सजिलो थिएन निर्णय लिन अनिल यार्दीले भने, 'मेरी पत्नीको निधन २०१३ मा भएको थियो । त्यसअघि नै मेरा बाबुआमाको निधन भइसकेको थियो । यसपछि मेरो भाइको पनि निधन भयो, त्यसपछि मेरो छोराको । मेरी एक छोरी छन् । तर म एक्लै बस्थे र मलाइ एक साथीको आवश्यकता थियो । यस कारण मैले यो निर्णय गरेको हुँ ।' आसावरी भारतीय जीवन बिमा निगममा जागिर गरेर २०१२ मा रिटायर भएकी हुन् । उनका पतिको सन् १९९७ मा नै निधन भएको थियो । आसावरी भन्छिन्, 'पतिको निधनपछि मेरी भाउजू र उनका छोरा मेरो घर नजिकै बस्दै आएका थिए । त्यस बेला मलाइ कहिल्यै पनि एक्लोपन महसुस भएन ।

तर जब छोराका साथै भाउजूले आफ्नो घरमा सिफ्ट गर्ने निर्णय गर्नुभयो । त्यसपछि मलाइ एक्लोपन महसुस भयो । यसै क्रममा पुणेको कलेजमा वृद्ध व्यक्तिको 'लिभ-इन रिलेशनशिप'बारे एक सेमिनारको आयोजना भएको थियो । म त्यो सेमिनारमा गएकी थिएँ । मलाइ लाग्यो कि बाँकी जीवन खुसीले बिताउने एक सही बाटो यो भएको महसुस गरेँ ।' 'यो लेक्चरमा सबै प्रकारका कुरा बताइएको थियो । जस्तो कि यस उमेरमा कसरी एक अर्कोको साथमा रहने । जब हामीले एकसाथ रहने निर्णय लियौँ त्यस बेला हाम्रो उमेर ६२ वर्ष थियो ।

सेमिनारमा हामीलाई 'लिभ-इन'मा बस्ने यो सबैभन्दा उपयुक्त उमेर भएको बताइएको थियो किनकि ७० वर्षपछि स्वास्थ्य समस्या सुरु हुन थाल्छ र हिँडडुलमा नै समस्या हुन थाल्छ ।' 'समाजको डर लागेन' बिना विवाह 'लिभ-इन रिलेशनशिप'मा बस्ने जोडिलाई समाजले राम्रो नजरले हेर्दैन । आसावरीले भनिन्, 'एकातिर मेरो दिमागमा मानिसले के भन्लान् भन्ने कुरा खेलिरहेको थियो । अर्कोतिर यो पनि सोचिरहेकी थिएँ कि समाजको बारेमा सोचेर के म एक्लै बस्नु ? तनावका कारण म रात भरी सुत्न सक्दिनँ थिएँ । को सँग कुरा गर्न पाउँथे ? आवश्यकता परेको समयमा सहयोगका लागि को आउँथ्यो ? हामी समाजको कुरा त गर्छौँ तर समाजले हरेक कुराको हेरचाह गर्न सक्दैन ।'

तर अनिल र आसावरीले विवाह किन गरेनन् र 'लिभ-इन'मा बस्ने निर्णय गरे ? यसको जवाफमा आसावरी भन्छिन्, 'हामी यो उमेरमा जोखिम लिन चाँहदैनौं । त्यसैले एकसाथ बसिरहेका छौँ । आवश्यक परेमा विवाह गर्न पनि सकिन्छ । हामी बाँकी जीवन खुसीले बिताउन चाहन्छौँ र यो हाम्रो स्पष्ट उद्देश्य हो । यस कारण हामीलाई समाजको डर छैन । यदि सबै कुरा ठिक भइरह्यो भने विवाह गर्नमा पनि कुनै समस्या छैन । कसैले विवाहित जीवनलाई कदर गर्दैनन् । त्यसैले हामी पनि सम्बन्धलाई विवाहमा परिणत गर्न आवश्यक सम्झिँदैनौँ ।' अनिल यार्दीले भने, 'हामीले यसबारेमा हाम्रा साथीहरूलाई भनेका छौँ । उनीहरू यहाँ आएर हामीसँग भेट गरेर जान्छन्। समाजका तर्फबाट अहिलेसम्म हामीले नराम्रो महसुस गर्नुपरेको छैन ।' सँगै बसिरहेका अनिल र आसावरीका पहिलेका सन्तान पनि छन् ।

दुवैसँग अनुभव पनि छ र याद पनि छ । यस्तो अवस्थामा दुवै जनाले सम्बन्ध कसरी बलियो बनाइरहेका छन्? यसबारेमा आसावरीले भनिन्, 'हामी दुबैलाई एक अर्काप्रति भरोसा छ । यति वर्षमा हामीले विश्वास तोड्ने व्यवहार गरेको छैन ।' अनिल यार्दीले खुसुक्क कानमा भने, 'हामी एक अर्कालाई पागलपन जसरी माया गर्छौँ ।' परिवारको विरोध आसावरी र अनिल खुसी छन् । प्रेम, भरोसा, खुसी, समाज र तमाम कुराले उनीहरूलाई कुनै दुःख छैन । तर दुवैले यसरी बस्दा परिवारको भने विरोधको सामना गर्नुपरेको थियो ।

अनिल यार्दीले भने, 'सुरूमा मेरी छोरी यो सम्बन्धको विरोधमा थिइन्। आसावरीसँग चिनजान होस भनेर हामी उनको घरमा नै गयौँ । तर उनी यिनलाई स्वीकार गर्न तयार भइनन् । तर पछि हामीले उनलाई मनायौँ । हामीले उनलाई यो हाम्रो विवाह नभएको बत्तायौँ । हामी केवल साथमा बस्छौँ ।' आसावरीले भनिन्, 'गत वर्षदेखि हामीलाई साथमा देखेर छोराछोरी खुसी छन् । उनीहरू हाम्रो सम्बन्धलाई लिएर विश्वास गर्छन् । उनीहरूको जन्मदिनमा पुरै परिवार एक ठाउँ जम्मा हुन्छौँ । हामी नातेदारकोमा पनि एकसाथ जान्छौँ । त्यहाँ पनि सम्मान छ । अहिलेसम्म त सबै ठिक चलिरहेको छ।'

ज्येष्ठ नागरिकका समस्याबारे केही संस्थाले काम गर्ने गरेका छन्।तर आसावरी भन्छिन् - 'लिभ इन रिलेशनशिप' सबैभन्दा राम्रो तरिका हो ।' उनीहरू दुवै जना 'लिभ इन रिलेशनशिप'मा धेरै सोचेर मात्रे निर्णय गर्नुपर्ने सुझाव दिन्छन् । जब दुई जना एक ठाउँ हुन्छन्, तब घर खर्च चलाउने मुद्दा महत्त्वपूर्ण बन्छ । आसावरीले भनिन्, ' यसबारेमा हामी प्रस्ट छौँ । हामी दुवै जना बराबर खर्च गर्छौँ । कपडा र गहना आफ्नो पैसाले नै किन्छौँ । यस कारण हाम्रो झगडा हुँदैन । सम्बन्धमा पहिले स्पष्ट हुन जरुरी छ । साथै छोराछोरीको साथ र सहमति पनि आवश्यक छ । अनिल यार्दीले भने, 'कसैले पनि 'लिभ इना रिलेशनसिप'लाइ हल्का रूपमा लिनु हुँदैन । लगातार बलियो बनाउँदै जानुपर्छ ।' आसावरी र अनिल दुवै जना कुनै पनि सम्बन्धमा प्रेम सबैभन्दा महत्त्वपूर्ण कुरा भएको स्वीकार गर्छन् । त्यसका साथै थोरै त्याग र थोरै सम्झौताको पनि आवश्यकता छ । बिबिसीबाट अनुवाद