स्टार अस्पताल : प्रयोगशाला क’ वर्गमा स्तरोन्नति, ६ बेडको ‘शिशु सघन स्याहार तथा उपचार कक्ष’ सञ्चालनमा

स्टार अस्पताल : प्रयोगशाला क’ वर्गमा स्तरोन्नति, ६ बेडको ‘शिशु सघन स्याहार तथा उपचार कक्ष’ सञ्चालनमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन ७, २०७७

 ललितपुर । स्टार अस्पताल लिमिटेड सुरु गर्न लागेको ६ बेडको ‘शिशु सघन स्याहार तथा उपचार कक्ष’ तथा ‘ख’ वर्गबाट ‘क’ वर्गमा स्तरोन्नति भएको अस्पतालको प्रयोगशाला स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक समारोह बिच समुद्घाटन गर्नु  भएको छ । 

स्टार अस्पतालको सानेपा हाइट स्थित अस्पतालमा २०७७ फागुन ७ गते शुक्रवार भएको उद्घाटन मन्तव्य राख्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री  त्रिपाठीले कोभिड–१९ र पिसिआर परीक्षणमा स्टार अस्पताले देखाएको तदारुकताको प्रशंसा गर्दै धन्यवाद दिनु भएको थियो । अझ कोभिड–१९ को जोखिम हटेको छैन, घटेको छैन भन्दै मन्त्री त्रिपाठीले  यसमा पनि अस्पताललाई अझ फड्को मार्न सफलताको शुभकामना दिनु भएको थियो ।

स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले स्वगत भाषण गर्नु भएको समारोहमा ज्यापु समाजका चन्द्रमान महर्जन लगायतका बक्ताले बोल्नु भएको थियो ।  समारोहका सभापतित्व गदै अस्पतालका कार्यकारी अध्यक्ष किशोर  महर्जजनाले ‘शिशु सघन स्याहार तथा उपचार कक्ष’ अपरिपक्व अवस्थामा जन्मेका बच्चाको लागि अवश्य रहेको उल्लेख गर्दै २८ हप्तादेखि ३५ हप्तामा जन्मने बच्चाको सरदर सङ्ख्या २ सय २२ रहेको र त्यसको लागि करिब ११ सय बेड आवश्यक रहेको आँकडा राख्नु भएको थियो ।  कार्यकारी अध्यक्ष महर्जनका अनुसार नेपालमा  १७ अस्पतालमा ‘शिशु सघन स्याहार तथा उपचार कक्ष’का १ सय १८ बेड रहेको बताउँदै ९ सय ५० बेडको आवश्यकता रहेको बताउनु भएको थियो ।  

स्टार अस्पतालले कार्यक्रममा दिएको जानकारी अनुसार नुवाकोटमा स्टार नुवाकोट अस्पतालमा सञ्चालनमा ल्याइसकेको, देशकै नमुना जिई सेन्टर सञ्चालनमा ल्याउन लागिएको छ ।