सीताराम नेपालका केही हाइकु

सीताराम नेपालका केही हाइकु

सीताराम नेपाल  |  साहित्य  |  फाल्गुन ८, २०७७

के हेर्छौ भद्र
घरै भत्काइ सक्दा
मत्ता हात्तीले

घर भाँडा त 
बाँदर खेदाइमा
जनता जाग्दा

हँसिलो नूर
हाँडीघोप्टे स्वभाव
ठूला ठालुको

प्रगति कति
बलुवाको उचाइ
हावाको झोक्का

बित्ला जीवन
ढाँटछल गरेर
सत्य पर्गेल

मिचुवा मिले 
एकै ओछ्यान रोजे
कस्ता पाखण्डी

पहिरो गयो
तनमा र मनमा
छु तनावमा

देख्दा म लुलो
अडान दह्रो मेरो
म हुँ सिद्धान्त

चारो बाँकी छ
जाउ टिप्न मौकामा
लोभीको भाँडो

भीरको डिल
रोजेको उसैले हो
लौ माया मारौँ