आठौं राष्ट्रिय खेलकुद : राष्ट्रपतिबाट आज उद्घाटन गरिँदै

आठौं राष्ट्रिय खेलकुद : राष्ट्रपतिबाट आज उद्घाटन गरिँदै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ५, २०७६

बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । ‘आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारासहित नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु गरिएको हो । 

सय मिटर दौडमा आशिष र सरस्वतीलाई स्वर्ण

प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा पुरुषतर्फ एपीएफका आशिष चौधरी र महिलातर्फ आर्मीकी सरस्वती चौधरीले स्वर्ण पदक जितेका छन् ।

दाङको बेलझुण्डीमा भएको १०० मिटर स्पर्धामा आशिषले यमसाजन सुनारलाई पछि पार्दै पहिलो बने । उनले निर्धारित दूरी ११ः०० सेकेन्डमा पूरा गरे । त्यस्तै, प्रदेश ६ का यमसाजन सुनारले भने ११ः१० सेकेन्डमा पूरा गरे । आर्मीका आनन्ददेव चौधरी तेस्रो भए ।

महिलातर्फको दौडमा सरस्वतीले प्रदेश ५ की जयरानी चौधरीलाई पछि पारिन् । सरस्वतिले निर्धारित दूरी १२ः१९ सेकेन्डमा पूरा गरिन् । आर्मीकी कृष्णा चौधरी तेस्रो बनिन् ।