तोलामा  ८०० ले बढ्यो सुनको मूल्य

तोलामा  ८०० ले बढ्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ९, २०७७

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज  ८०० ले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा  ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज  ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा  ८७ हजार ७५० मा कारोवार भएकामा आज  ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ । 

चाँदी तोलामा  एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा  एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा  २५ ले वृद्धि भएको हो ।