सजिलै स्पेनीस भाषा सिक्न ‘ओला नमस्ते’ प्रकाशित

सजिलै स्पेनीस भाषा सिक्न ‘ओला नमस्ते’ प्रकाशित

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १०, २०७७

नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने ध्येयले ‘ओला नमस्ते’ पुस्तक प्रकाशित भएको छ । 

कास्की आदर्श समाज स्पेनद्वारा प्रकाशित सो पुस्तकको समाजको दोस्रो साधारणसभाका अवसरमा आइतबार भर्चुअल माध्यमबाट सार्वजानिक गरियो  । साधारणसभाले समाजको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो । 

सो अवसरमा आदर्श सेवा समाज अन्तरराष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द पौडेलले स्पेनि भाषा सिक्न चाहने नेपालीलाई सहयोग पु¥याउने ध्येयले पुस्तक प्रकाशन गरिइएको जानकारी दिनुभयो । 

समाजले  १३ लाखको अक्षयकोष सञ्चालन गर्नका साथै पोखरा महानगरपालिकासँग सहकार्य समेत गर्दै आएको छ ।  पर्वत समाज स्पेनका उपाध्यक्ष सन्तोष पौडेलले पुस्तकले स्पेनमा आउने नेपालीलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो  ।