जन सांस्कृतिक महासङ्घद्वारा कार्यक्रम बहिष्कार गर्न  निर्देशन (प्रेस नोटसहित)

जन सांस्कृतिक महासङ्घद्वारा कार्यक्रम बहिष्कार गर्न  निर्देशन (प्रेस नोटसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १०, २०७७

काठमाडौँ ।  जन सांस्कृतिक महासङ्घ  नेपाल एक प्रेस नोट जारी गरी सहिद एवम् बेपत्ता र प्रगतिशील सांस्कृतिक आन्दोलनको ठाडो अपमान  गरेको बताएको छ । 

प्रेस नोटमा भनिएको  छ - कमरेड डम्बर कुमारी गुरुङले जन सांस्कृतिक महासङ्घ र स्वयम् चुनु स्मृति प्रतिष्ठानको समेत वैधानिक निर्णय नलिई एकल ढङ्गले प्रतिगमनका खलनायक असंवैधानिक प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई प्रमुख अतिथि बनाई यही २०७७ फागुन १२ गते आयोजना गरेको ‘सहिद चुनु स्मृति प्रतिष्ठान समुद्घाटन तथा सहिद बेपत्ता परिवार अभिनन्दन वृहत् सांस्कृतिक कार्यक्रम २०७७’ स्वयम् सहिद चुनु तथा अन्य सहिद एवम् बेपत्ता र प्रगतिशील सांस्कृतिक आन्दोलनको ठाडो अपमान हो ।

प्रेस नोटमा  अन्तमा भनिएको  छ -  जन सांस्कृतिक महासङ्घ नेपाल सम्बद्ध कुनै पनि कमरेडहरूलाई सो कार्यक्रम बहिष्कार गर्नका लागि महासङ्घको तर्फबाट हार्दिक निर्देश गरिएको छ ।

प्रेस नोटकाे पूर्णपाठ