नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरियामा पराजित पोमु

नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरियामा पराजित पोमु

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन ११, २०७७

 काठमाडौँ । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरिया’ पराजित पोमु संयोजकत्वमा गठन गरिएको समाचार छ ।

 महासंघका अनुसार २०७७ फागुन ९ गते  आइतबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारहरुको जुम भिडियो भेलाबाट पराजित पोमु संयोजक रहेको १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समितिको सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर हुनुहुन्छ भने सचिवमा शकुन आँशु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम पुन रहनु भएकाे छ ।  सदस्यहरुमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुस्मा रानाहँछा, सुनिल दिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन् । महासंघका केन्द्रीय संयोजक मुकारुङलगायत अतिथिहरु सहभागी जुम भेलाबाट उक्त समिति गठन गरिएको हो ।