तोलामा १,१०० ले बढ्यो सुनको मूल्य

तोलामा १,१०० ले बढ्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १२, २०७७

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० ले उकालो लागेको  छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा एक हजार १०० ले उकालो लागेको हो । 

चाँदीको मूल्यमा समेत आज २५ ले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० मूल्य कायम भएको छ ।