दराज हाट बजार : १ रुपैँयामा डिशहोम फाईबर नेटको ६ महिनाको प्याकेज !

दराज हाट बजार : १ रुपैँयामा डिशहोम फाईबर नेटको ६ महिनाको प्याकेज !

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ११, २०७७

काठमाडौँ ।  यही फागुन ११, २०७७ देखि सुरु हुने दराज हाट बजारमा अव  १ रुपैँयामा डिशहोमको फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिने भएको छ ।

डिशहोमका अनुसार नेपालको परिचित अनलाइन सपिङ ब्रान्ड दराज र डिशहोम बिचको  सहकार्य अनुरूप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाइबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ । यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्बो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ । 
ग्राहकहरू लाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मूल्यमा अनलाइन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ । यस वाट हाम्रा ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरू आकर्षक छुट मूल्यमा सजिलै अनलाइन मार्फत पनि खरिद गर्न सकिने समेत डिशहोम जनाएको छ ।