प्रतिनिधिसभा पुनःस्थापन गर्ने सर्वोच्चको फैसला : १३ दिन भित्र बैठक बस्नुपर्ने

प्रतिनिधिसभा पुनःस्थापन गर्ने सर्वोच्चको फैसला : १३ दिन भित्र बैठक बस्नुपर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १२, २०७७

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने निर्णय सुनाएको छ ।  संवैधानिक इजलासले मंगलबार फैसला जारी गरेको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजालसमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधानमल्ल, तेजबहादुर केसीको इजलासले विघटनलाई बदर गर्ने फैसला सुनाएको हो ।

नेपालको संविधानको धारा ७६ (१), (७) र ८१ (१) तथा राष्ट्रिय अन्तराष्ट्रिय संसदीय अभ्यासका आधारमा प्रधानमन्त्री ओलीले विघटनको सिफारिस गर्नु भएको थियो ।