तोलामा  ३०० ले घट्यो सुन

तोलामा  ३०० ले घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १२, २०७७

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  ३०० ले ओरालो लागेको छ । तोलामा नै  एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा  ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा ९० हजार १०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा  ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा  ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा  १५ ले घटेको छ । 

एक हजार ३६० मा मङ्गलबार कारोवार  भएको चाँदी आज भने  एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।