आदिवासी जनजाति साहित्यकार महासङ्घ गठन

आदिवासी जनजाति साहित्यकार महासङ्घ गठन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १२, २०७७

काठमाडौं । कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारको भेलाले १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिका सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर हुनुहुन्छ भने सचिवमा शकुन आँसु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम पुन हुनुहुन्छ । त्यस्तै सदस्यमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुष्मा रानाहँछा, सुनिलदिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन् । आदिवासी जनजातिको मौलिक सभ्यता निर्माण, आदिवासी सौन्दर्यमाथि दावी र मौलिक दर्शनशास्त्रको निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले दक्षिण कोरियामा पनि महासङ्घको समिति गठन गरिएको संयोजक  पोमु र सचिव आँसुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।