अशोक मुकारुङ : मनोरञ्जनात्मक गीत 'ठमेल बजारमा' सार्वजनिक (भिडियोसहित)

अशोक मुकारुङ : मनोरञ्जनात्मक गीत  'ठमेल बजारमा' सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १३, २०७७

काठमाडौँ । लामो समय सिङ्गापुर पुलिस फोर्समा कार्यरत अशोक मुकारुङको मनोरञ्जनात्मक गीत  'ठमेल बजारमा' सेवा इन्टरटेन्मेंन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

पाँचथरको साकिबक मिक्लाजुङ् गा. पा.  १ मा जन्मिएका गायक हुन् अशोक मुकारुङ,  लामो समय सिङ्गापुर पुलिस फोर्समा कार्यरत  हुनु हुन्थ्यो । करिब ५ वर्ष अगाडी स्वदेश फर्केका मुकारुङ पराई भूमिलाई  कर्म थलो बनाए पनि, नेपाली गीत सङ्गीत क्षेत्रमा भने २०५४ साल बाट निरन्तर लागिपरेका सर्जक हुनुहुन्छ । 

 हालसम्म ५ वटा गीति एल्बम साथै २०० जति फुटकर गीतहरूमा आवाज भरी सकेका गायक अशोक मुकारुङ र सुनिता थेगिमले हाल श्रोताहरू समक्ष मनोरञ्जनात्मक गीत 'ठमेल बजारमा' सेवा इन्टरटेन्मेंन्ट  युट्युब च्यानल मार्फत बजारमा ल्याउनु  भएको हो ।

 जुन गीत को रचना सिङ्गापुर मा कार्यरत गायक तथा गीतकार करवीर तामाङले रचना गर्नु भएको हो । गीतको सङ्गीत संयोजन भने अहिलेका लोकप्रिय एरेन्जर, सङ्गीतकार, कुशल रेकढीस, पदम रजन मगरले गर्नु भएको छ  ।  'माई प्रोमिस्' चलचित्रका नायक रमेशचन्द्र राई र मोडल सिता राई ले गीतमा जोडदार अभिनय रहेको छ ।

सम्पूर्ण गीतको कन्सेप्ट डिजाइन वरिष्ठ नृत्य निर्देशक गोविन्द राईले गर्नु भएको हो भने यस गीतलाई सन्दीप भुजेल को निर्देशन, रितु राना को सृङगार र संजित के. गुरुङले छायाङ्कन गर्नु भएको छ । 

 'ठमेल बजारमा' भिडियाे यहाँ क्लिक गरेर पनि हेर्न सकिन्छ