अम्बर सम्झना : ८३ औँ जन्म जयन्तीमा वृन्दवादन २०७७ काे आयोजना

अम्बर सम्झना : ८३ औँ जन्म जयन्तीमा वृन्दवादन २०७७ काे आयोजना

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १५, २०७७

काठमाडौँ । तलेजु धनकुमारी कोषको आयोजनामा अम्बर सम्झना ८३ औँ जन्म जयन्तीमा वृन्दवादन २०७७ यही फागुन १४ गते शुक्रबार सम्पन्न भएको छ । 

अन्नपूर्ण चेम्बर अरकेष्ट्राका २७ जना कलाकारको प्रस्तुतीकरण रहेको उपरोक्त कार्यक्रममा विभिन्न १० वटा गीतमा वृन्दवादन  गरिएको थियो ।  राष्ट्रिय गानको प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा नौ लाख तारा उदाए, म अम्बर हुँ, सुगौली सन्धि, तिम्रो पहाड गाउँ, सयपत्री, पोहोर साल खुसी फाड्दा, आए सबै याद आए, सुन गुन केसरी र रातो र चन्द्र सूर्य बोल लगायतका गीतलाई कलाकारहरुले वृन्दवादन पस्कनु भएको थियो । 

माउन्ट भ्यु इङ्लिस बाेर्डिङ स्कुल र मिड भ्याली इन्टरनेशनल कलेजको सहयोग रहेको कार्यक्रम मिड भ्याली इन्टरनेशनल कलेजको प्रेक्षालयमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको सह आयोजक भने ग्यालेक्सी पब्लिक स्कुल रहेको थियो । प्रशिक्षक राजकुमार श्रेष्ठ र सहायक प्रशिक्षक बाल गोपाल महर्जन, सुधाकर वस्ती, नरेन्द्रदेव लामा र योगेश डगोरियाले प्रस्तुति दिनुका साथै सहजीकरण समेत गर्नु भएको थियो ।