पत्रकार खसोज्जी हत्या प्रकरण: युवराज लक्षित रिपोर्टका कारण अमेरिका र साउदी सम्बन्ध सङ्कटमा !

पत्रकार खसोज्जी हत्या प्रकरण: युवराज लक्षित रिपोर्टका कारण अमेरिका र साउदी सम्बन्ध सङ्कटमा !

लोकसंवाद संवाददाता  |  विदेश  |  फाल्गुन १६, २०७७

सन् २०१८ मा साउदी अरबका पत्रकार जमाल खसोज्जीको टर्कीस्थित साउदी दूतावासमा हत्या भयो । टर्कीस्थित दूतावासमा प्रवेश गरेका उनी ननिस्किएपछि गरिएको खोजका क्रममा उनको हत्या गरेर शबसमेत टुक्राटुक्रा पारेको पाइएको थियो । त्यसबेलादेखि नै रहस्यमय मानिदैै आएको पत्रकार खसोज्जी हत्या प्रकरणको करिब तीन वर्षपछि अमेरिकाले एक रिपोर्ट सार्वजनिक भएको छ ।

अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्टमा साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याका लागि स्वीकृति दिएको कुरा बाहिर ल्याएको हो । उनको युवराजकै निर्देशनमा हत्या भएको विषय त्यसबेला पनि विश्वव्यापी रुपमा चर्चामा आएको थियो । तर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदीसँग भएको हतियार कारोबारका कारण पत्रकार खसोज्जी हत्यालाई लिएर आँखा चिम्लिएपछि साउदी युवराजको संलग्नताको मुद्दा छायाँमा परेको थियो ।

तर बाइडेन प्रशासनले सार्वजनिक गरेको रिपोर्टअनुसार साउदी युवराजले खसोज्जीलाई पक्राउ वा हत्या गर्ने योजनालाई स्वीकृति दिएका थिए । यो हत्याकाण्डलाई लिएर अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन। साउदी अरबले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई ‘नकारात्मक, झुटो र अस्वीकार्य’  भएको बताएको छ।

साउदीकोे सत्तामा प्रमुख भूमिकामा रहेका युवराज मोहम्मदले खसोज्जी हत्यमा कुनै पनि भूमिका नरहेको बताएका छन्। टर्कीको इस्तानबुलमा रहेको कन्सुलेट अफिसमा गएको समयमा उनको हत्या गरेर शब टुक्रा टुक्रा पारिएको थियो । ५९ वर्षीय पत्रकार खसोज्जी कुनै समयमा साउदी सरकारकै सल्लाहकार राजपरिवारसँग व्यक्ति थिए । केही वर्षदेखि साउदी राजपरिवारसँगको सम्बन्धमा दरार आएपछि टाढिदै गएका उनी सन् २०१७ मा तर पछि उनी टाढिए र स्व–निर्वासनमा सन् २०१७ मा अमेरिका निर्वासमा पुगेका थिए । अमेरिकाबाट वासिंगटन पोस्टका लागि रिपोर्ट लेख्ने उनले साउदी सरकारको कडा आलोचना गर्दै आएका थिए । 

अमेरिकी अर्थ मन्त्रालयले युवराज नजिक रहेका उनका एक अंगरक्षक र पूर्व गुप्तचार उपप्रमुख अहमद असिरि र हत्यामा संलग्न केही उनका अंगरक्षकहरूमाथि प्रतिबन्ध लगाएको छ। सन् २०१८ मा नै अमेरिकी गुप्तचर निकाय सीआईएले युवराज नै हत्याको आदेश दिएको बताए पनि रिपोर्ट सार्वजनिक भएको थिएन । 

अमेरिकी गुप्तचर निकायको निर्देशकको कार्यालयले तयार पारेको रिपोर्टमा भनिएको छ, ‘साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले इस्तानबुलमा साउदी पत्रकारलाई पक्राउ गर्न या हत्या गर्ने योजना अनुमोदन गरेका थिए भन्ने हाम्रो ठम्याइ छ ।’ युवराज साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउदका छोरा हुन् । उनी साउदीका प्रभावशाली शासक मानिन्छन् । 

गुप्तचरणको रिपोर्टमा सो घटनामा साउदी युवराजको संलग्नताका तीन कारण दिइएको छ । सन् २०१७ देखि साउदीमा निर्णय प्रक्रियामा उनको पकड, हत्यामा उनका एकजना सल्लाहकार र उनका अंगरक्षकहरूको प्रत्यक्ष संलग्नता, विदेशमा भागेकाहरूलाई हिंसात्मक उपाय अपनाएर पनि चुप बस्न लगाउने कुरामा उनको समर्थनलाई यसको कारणका रुपमा लिइएको छ । 

रिपोर्टमा खसोज्जीको हत्यामा संलग्न आरोपितहरूको नाम पनि गरिएको छ । तर उनीहरु कहिलेदेखि संलग्न थिए भन्ने बारेमा उल्लेख गरिएको छैन । रिपोर्टमा भनिएको छ, ‘उनीहरू कहिलेदेखि त्यसमा संलग्न थिए भन्ने चाहिँ हामीलाई थाहा छैन ।’

साउदी अधिकारीहरू खसोज्जीलाई स्वदेश फर्काउन पठाइएको समूहको गलत कारबाहीका कारण मारिएको आरोप लगाउँछन् । सो घटनामा संलग्नलाई साउदी अदालतले पहिले मृत्युदण्डको सजाय सुनाएको भएपनि पछि सो कारबाहीलाई २० वर्ष जेल सजायमा रुपान्तरण गरिएको छ । सन् २०१९ मा संयुक्त राष्ट्र संघीय विशेष दूत एगनेस कालामार्डले खसोग्जीको हत्या गरेर न्यायालयको दुरुपयोग गरेको आरोप लगाएका थिए।

अमेरिकी गुप्तचर रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले केही साउदी अधिकारीमाथि यात्रा प्रतिबन्ध घोषणा गरेका छन् । ‘रिपोर्टमा नाम उल्लेख भएकाहरू गम्भीर क्रियाकलापमा प्रत्यक्ष सहभागी थिए’, उनले भनेका छन्, ‘कुनै पनि विदेशी सरकारले फरक विचार राख्नेहरूमाथि निशानाबाजी गर्छ भने तिनलाई अमेरिका आउन दिइनेछैन ।’

अमेरिकी अर्थ मन्त्रालयले युवराज नजिक रहेका उनका एक अंगरक्षक र पूर्व गुप्तचार उपप्रमुख अहमद असिरि र हत्यामा संलग्न केही उनका अंगरक्षकहरूमाथि प्रतिबन्ध लगाएको छ। सन् २०१८ मा नै अमेरिकी गुप्तचर निकाय सीआईएले युवराज नै हत्याको आदेश दिएको बताए पनि रिपोर्ट सार्वजनिक भएको थिएन । 

साउदी अरब मध्यपूर्वमा अमेरिकाको एक प्रमुख समर्थक र अमेरिकाबाट सबैभन्दा बढी हतियार खरिद गर्ने मुलुक हो । बाइडनले डोनल्ड ट्रम्पको भन्दा साउदी अरबमा मानव अधिकार र विधिको शासनबारे कडा अडान लिने विश्वास गरिएको छ । बाइडेन प्रशासनले साउदीसँगको हतियार सम्झौता रद्द गर्नसक्ने समेत बताइएको छ । 

साउदी अरबले भने अनुसन्धान रिपोर्ट अस्वीकार गरेको छ । साउदी विदेश मन्त्रालयले हत्यामा संलग्नहरूको अनुसन्धान गरेर न्याय प्रदान गरिसकिएको बताएको छ । ‘यो रिपोर्ट सही छैन साउदीले उक्त अपराधको अनुसन्धान गरेर दण्ड समेत दिइसकेको अवस्थमा यस्तो रिपोर्ट आउनु दुर्भाग्यपूर्ण छ’, विदेश मन्त्रालयले भनेको छ, ‘देशको नेतृत्वमाथि सार्वभौम सत्तामाथि र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्ने कुनै पनि कार्य अस्वीकार्य छ।’ 

अमेरिकी गुप्तचर निकायले जारी गरेको रिपोर्टका कारण दुई देशबीच सम्बन्धमा दरार उत्पन्न हुने अनुमान गरिएको छ । बीबीसीको सहयोगमा