मुम्बईसँग दिल्ली पराजित

मुम्बईसँग दिल्ली पराजित
दिल्ली क्यापिटलका क्रिस मोरिस क्याच समातेपछि बल देखाउँदै मुम्बई इण्डियन्सका हार्दिक पाण्ड्या । तस्बिर : आइपिएलटिटुवान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ६, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटललाई उसको घरेलु मैदानमै ४० रनले पराजित गरेको छ । 

१६९ रनको लक्ष्य पछ्याएको दिल्ली १२८ रनमा समेटिएपछि मुम्बईले चालू आइपिएलमा छैठौं जित निकालेको हो । 

दिल्लीका प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले २२ बलमा ३५ रन जोडे । उनले आफ्नो पारीमा पाँच चौका र एक छक्का प्रहार गरे । 
अर्का प्रारम्भिक ब्याट्सम्यान पृथ्वी सोले २४ बलमा २० रनको पारी खेले । यस्तै, अक्षर पटेलले २६ र क्रिस मोरिसले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । 

दिल्लीलाई सस्तैमा समेट्न चहरले प्रारम्भिक क्रम ध्वस्त पारे । उनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । उनले प्रारम्भिक ब्याट्सम्यानद्वय पृथ्वी सो र शिखर धवनको विकेट लिए । यस्तै, कप्तान श्रेयस एैयरको विकेट पनि उनकै नाममा रह्यो । यस्तै, मुम्बईका जसप्रित बुमराहले दुई तथा लासिथ मालिंगा, हार्दिक पाण्ड्या र कुर्नाल पाण्ड्याले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्न आएको निर्धारित ओभरमा पाँच विकेट गुमाएर १६८ रन बनाएको थियो । मुम्बईका कुर्नालले अभिजित ३७ रन जोडे । यस्तै, क्विन्टन डि ककले ३५ र रोहित शर्माले ३० रन जोडे । अलराउन्डर हार्दिक पाण्ड्याले १५ बलमा ३२ रन प्रहार गरे । उनी नै खेलको प्लेअर अफ दि म्याच घोषित भए । 

दिल्लीका कागिसो रवाडाले दुई तथा अक्षर पटेल र अमित मिश्राले समान एक विकेट लिए । 

यस्तो छ अंकतालिका

मुम्बई जारी आइपिएलको अंकतालिकामा एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । ९ खेल खेलेको मुम्बईको १२ अंक छ । 

समान खेल खेलेको दिल्ली भने अंकतालिकाको तेस्रो स्थानमा झरेको छ । यसअघि दोस्रो स्थानमा रहेको दिल्ली मुम्बईसँग पराजय भएपछि एक स्थान तल झरेको हो । दिल्लीको १० अंक छ । 

चेन्नई अंकतालिकाको शीर्ष स्थानमा यथावत छ । उसको १४ अंक छ ।