तोलामा ५०० ले घट्यो सुन

तोलामा ५०० ले घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १६, २०७७

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५०० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० मा कारोवार भएको थियो । 

यस्तै चाँदी आज तोलामा १० ले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।