यी हुन् गर्मीमा छाला स्वस्थ बनाउने खानेकुरा

यी हुन् गर्मीमा छाला स्वस्थ बनाउने खानेकुरा

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  बैशाख ६, २०७६

काठमाडौं । चिसो मौसममा मात्र होइन, गर्मीमा पनि छालाको हेरचाह गर्नु आवश्यक हुन्छ । छालाको हेरचाह गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसमध्ये एक हो, खानपान । 
छाला स्वस्थ राख्न फलफूल र हरियो सागपात खानुपर्ने चिकित्सक बताउँछन् । उनीहरूका अनुसार गर्मीमा यी खानेकुरा खाएर छाला स्वस्थ राख्न सकिन्छ ।

अन्डा


अण्डाको सेतो भागमा प्रोटिन तथा एल्ब्युमिन पाइन्छ । नियमित अण्डा सेवन गरे छालामा दाग तथा धब्बा आउन दिँदैन । यस्तै, अण्डाको सेतो भागमा पाइने भिटामिन र मिनरलले छालालाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । 

बदाम

बदाममा प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ । त्यसकारण यसको नियमित सेवनले छाला स्वस्थ राख्न मद्दत पुग्छ । यो स्मरण शक्ति बढाउने ‘रामबाण’ नै मानिन्छ । 
बदामको दूध स्वास्थ्यको लागि निकै फाइदाजनक मानिएको छ । यसको दूधले शरीरमा सुगर लेबललाई कन्ट्रोल राख्छ ।

गाँजर


गाँजरमा भरपूर मात्रामा भिटामिन ए पाइन्छ । यससँगै गाँजरको नियमित उपभोगबाट  रगतको सफा राख्न मद्दत पुग्छ । र, छालामा निखार आउँछ । 

-एजेन्सीको सहयोगमा